पोखरामा जारी हस्तकला तथा छालाजुत्ता मेलाको चौथो दिनसम्म १६ लाखको कारोबार

पोखरा-

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला जारी छ । कास्की पोखरा हस्तकला संघ र नेपाली जुत्ता घर प्रालि काठमाडौंको संयुक्त आयोजनामा गत आइतबार सुरु मेला फागुन २९ गतेसम्म जारी रहनेछ ।

मेलामा चौथो दिन बुधबारसम्म करिब १६ लाख रुपैयाँ बराबरको कारोबार भएको मेला संयोजक तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । ‘बुधबार मात्र ४ लाख रुपैयाँ बराबरको कारोबार भयो,’ उनले भनिन् । बुधबार करिब ७ हजार दर्शकले मेला अवलोकन गरेको उनले जानकारी दिइन् । हालसम्म २२ हजार दर्शकले मेला अवलोकन गरिसकेका छन् । ‘प्रत्येक दिन मेलामा दर्शकको चाप बढिरहेको छ,’ उनले भनिन्, ‘विशेष छुटमा नेपाली जुत्ताहरु खरिद गर्नेहरुको मेलामा भिड लागेको छ ।’

उद्यमशीलतालाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको नेपाली जुत्ता घर प्रालि काठमाडौंका सञ्चालक होमनाथ उपाध्यायले बताए । ‘नेपालका ख्यातीप्राप्त फुटवयर ब्राण्डहरुको संयुक्त रुपमा बिक्री कक्ष राखिएकाले उपभोक्ताले आफ्नो रोजाई अनुसार जुत्ता खरिद गर्न पाइरहेका छन्,’ उनले भने । नेपालका जुत्ता तथा चप्पलको सबैभन्दा ठूलो बिक्री कक्षको रुपमा नेपाली जुत्ताघर स्थापित रहेको उनले बताए । मेलामा पोखरा तथा छिमेकी जिल्ला देशभरका हस्तकलाका सामानहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button