पोखरामा जारी हस्तकला तथा जुत्ता व्यापार मेलामा भिड, विचौलियाको कमिसन उपभोक्तालाई

डीएनबी, पोखरा –
पोखरामा जारी हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला २०७३ मा शनिबार  उपभोक्ताहरुको अत्याधिक भिड भयो । स्वदेशमा उत्पादित बस्तुहरु एकै छाना मुनि उपलब्ध भएकोले र भारी छुट दिएको हुतनाले सार्वजनिक बिदाको दिनमा उपभोक्ताहरुको अत्याधिक भिड भएको हो ।
आम उपभोक्तारुले उत्पादन गर्ने उद्योगबाट सिधै बस्तुहरु किन्न पाउने भएकोले बिचौलियाले खाने नाफा समेत आम उपभोत्तालाई छुटको रुपमा आफुहरुले दिएको नेपाली जुक्ता घर प्रालि, काठमाण्डौंका अध्यक्ष रामकृष्ण प्रसाईले बताए । उनका अनुसार मेलाको सातौ दिनमा करीब ९ लाख मुल्य बराबरको जुत्ता चप्पल तथा हस्तकलाका स्वदेशी उत्पादित बस्तुहरुको कारोवार भएको छ ।

स्वदेशी बस्तुको प्रवद्र्धन साझा अभियान भन्ने मुल नाराका साथ कास्की पोखरा हस्तकला संघ र नेपाली जुत्ता घर प्रालि काठमाण्डौंको संयुक्त आयोजनामा पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा संचालन भएको उक्त मेलाको सातौ दिनसम्म आउदा करीब ३५ लाख मुल्य बराबरको आर्थिक कारोवार भएको उनले जनाए ।

मेलामा १५ देखि ७० प्रतिशतसम्म जुत्ता चप्पलमा बिशेष छुट भएकोले पनि उपभोक्तहरुको भिड भएको प्रसाईले दाबी गरे । कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले मेलामा १७ जिल्लाका २५ वटा हस्तकलाका स्टलहरु रहेको बताईन । उनका अनुसार मेलामा समग्र आर्थिक कारोवार मध्य १५ प्रतिशत जसो हस्तकलाका सामाग्रिहरुकोा विक्रि भएको छ । मेलामा औलाबाट निमार्ण भएका टोपी, जुत्ता, कोट, झोला, मकेको भुक्ताबाट निमार्ण भएको मुडा, छवालीबाट निमार्ण भएका बस्तु लगायतका सामाग्रिहरु विक्री भएको भट्टराईले जनाइन। यही फागुन २९ गतेसम्म चल्ने मेलामा ५२ वटा जुत्ता तथा चप्पलको स्टलहरु रहेको नेपाली जुक्ता घरका संचालक तथा क्रसरोडका प्रोपाईटर कृष्ण फुयालले बताए । उनका अनुसार आफ्नो स्टलमा मात्र स्वदेशमा उत्पादन भएका ४ सय भन्दा बढी डिजाईनका जुत्ता तथा चप्पल त्रिक्रीमा रहेका छन । उनका अनुसार उद्योगबाट उत्पादन भएका जुक्ता चप्पल बिचौलीयाको बाटो भन्दा आफुहरु सिधै उपभोक्ताहरु माझ आएको कारणले गर्दा केहि सहुलियतमा विक्री गर्न सक्षम भएको बताए ।

हाल बजारमा आएका नयाँ मोडलका जुत्ता चप्पलमा १५ प्रतिशत र बजारले अस्विकार गरेका अर्थात डिजाईन सकिएका जुत्ता तथा चप्पलको मुल्यमा भारी छुट ७० प्रतिशत सम्म छुट दिने गरेको उनले जनाए । एक उपभोक्ता लक्ष्मी जिसीले सिधै उद्योगबाट मेला मार्फत आम उपभोक्ताहरुको लागि स्वदेशी उत्पादन छुटमा पाउनु निकै खुसिको कुरा भएको बताइन । महिला तथा वालवालिका कार्यालय कास्कीका अध्यक्ष समेत रहेकी जिसीले यसले गर्दा नेपाली उत्पादनको प्रयोग हुनुका साथै विचौलीयाले खाने धेरै नाफा पनि उपभोक्तालाई फाईदा पुग्ने दाबी गरिन ।

डियर हिल सुजका संचालक होमनाथ उपाध्यायले क्रेता र विक्रेता बिच प्रत्यक्ष भेटघाट गरी बस्तु बिक्री हुदा गुणस्तरीय बस्तु तथा ब्राण्डहरुको बारेमा उपभोक्ताहरुलाई राम्रो ज्ञान हुने दाबी गरे । जुत्ता चप्पलमा नेपाली उत्पादन करीब ६५ प्रतिशत जसो प्रयोग हुने गरेको बताएका उनले उद्योग स्थापना, कच्चा पदार्थ आयात तथा दक्ष जनशक्ति हुन सके ७५ प्रतिशत सम्म आत्म निर्भर बन्न सकिने जनाए। मेलामा नेपालका चर्चीत ब्राण्ड शिखर सुज, बि.एफ. डियरहिलसुज, क्रसरोड सुज, स्काई सुज, कोशेली छाला जुत्ता लगायतका ब्राण्डहरुमा रहेका छन । मेलामा पोखरा तथा पोखरा आसपासका उपभोक्ताहरु मेलामा आउने गरेका छन । मेलामा प्रबेस निशुल्क रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button