पोखरामा हस्तकला तथा जुत्ता व्यापार मेला सुरु, जुत्तामा भारी छुट

पोखरा –
स्वदेशी बस्तुको प्रवद्र्धन साझा अभियान भन्ने मुल नाराका साथ कास्की पोखरा हस्तकला संघ र नेपाली जुक्ता घर प्रालि काठमाण्डौंको संयुक्त आयोजनामा आईतबार देखि पोखरामा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला २०७३ सुरु भएको छ ।
फागुन २९ गतेसम्म पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा संचालन हुने उक्त मेलाको औपचारिक उद्घाटन गर्दै संसद विकास समितिका सभापति एवं सांसद रविन्द्र अधिकारीले स्वदेशी बस्तुहरु प्रवद्र्धन गर्न यस्ता मेला र महोत्सव आवश्यक भएको बताए । उनले स्वदेशी उत्पादनलाई प्रयोग गर्न आग्रह गर्दै विदेशबाट ल्याउनु पर्ने कच्चा पदार्थ ल्याएर भए पनि स्वदेशमा विभिन्न बस्तुहरु निमार्ण गर्ने रणनितिमा जान व्यवसायीलाई सुझाव दिए । जुक्ता चप्पलमा नेपाली उत्पादन करीब ६५ प्रतिशत जसो प्रयोग हुने गरेको बताएका अधिकारीले नेपालमा उत्पादन भएको अर्वको जुक्ता समेत विदेश जाने गरेको जनाए ।
फरक प्रशङगमा युवा नेता समेत रहेका अधिकारीले पार्टी तथा पार्टी भित्रको लडाईले गर्दा अझै पनि राजनीतिले सहि बाटो लिन नसकेको दाबी गरे । उनले भने “काँडा विझेमा काँडाले नै झिक्नु पर्छ भने झै राजनीतिले सृजना गरेको समस्या राजनीतिले नै समाधान गर्नु पर्दछ, राजनीतिक नसुध्रिएसम्म देशमा सकरात्मक परिवर्तन ल्याउन सकिन्दैन त्यसको लागि सवैले दलले असल राजनीति गर्नु पर्दछ । ” देशको समृद्धि र विकासको लागि अब अघि बढ्नु पर्ने समयमा देशको अस्थिर राजनितिले धेरै समस्या निम्त्याएको उनले जनाए ।
नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा धेरै सम्भावना हुदा हुदै उत्पादनमा अवैं घाटामा आयात हुने गरेको दाबी गरे । उनले कच्चा पदार्थ आयात गरेर बस्तु निमार्ण गर्ने अभियानमा लाग्नु पर्ने सुझाव दिए। हाँस्य कलाकार दीपकराज गिरीले स्वदेशमै उत्पादन भएका धेरै किसिमका जुक्ता तथा चप्पलहरु एकै छाना मुनि उपलब्ध हुने भएकोले उक्त मेला पोखरेलीहरुको लागि धेरै फाईदा जनक हुने दाबी गरे । आफ्नो घरमा एक जोर पनि विदेशी जुक्ता नभएको दाबी गरेको गिरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरे । कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक यामकुमारी खतिवडा, पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजु, नेपाली जुक्ता घर प्रालि, काठमाण्डौंका अध्यक्ष रामकृष्ण प्रसाई लगायतले वोलेका थिए ।
बजार प्रवद्र्धन सहित स्वदेशी उत्पादनको प्रवद्र्धन पनि मेला फलदायि हुने नेपाली जुक्ता घर प्रालि, काठमाण्डौंका अध्यक्ष रामकृष्ण प्रसाईले विश्वास गरेका छन। मेलामा २५ वटा हस्तकला र ५३ वटा छाला जुक्ताका स्टलहरु रहेका छन । मेलामा नेपालका चर्चीत ब्राण्ड शिखर सुज, बि.एफ. डियरहिलसुज, क्रसरोड सुज, स्काई सुज, कोशेली छालाजुक्ता लगायतका ब्राण्डहरुमा १५ देखि ७० प्रतिशत सम्म छुट हुने भएको अध्यक्ष प्रसाईले दाबी गरे। मेलामा हस्तकलाका सामाग्रि बिक्री गरीने भएको छ भने प्रदर्शनी समेत गरीएको भएको भट्टराईले बताईन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button