शुक्रबार पोखरामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन

पोखरा-

कवि तीर्थ श्रेष्ठ शुक्रबार पोखरामा एकल कविता वाचनमा उभिने भएका छन् । लायन्स क्लब अफ पोखरा भैरवले कवि तीर्थलाई एकल कविता वाचनमा उभ्याउन लागेको हो ।

लामो समयदेखि नेपाली साहित्य लेखनमा सक्रिय श्रेष्ठले एकल वाचनमा नयाँ पुराना २ दर्जनभन्दा बढी कविता, मुक्तक, गीत सुनाउनेछन् । २०२९ सालमा १६ वर्षको उमेरमै कवितालाई प्रकाशित गरी उनको साहित्य यात्रा बढाएका थिए ।

‘लायन्स क्लबले कला साहित्यको क्षेत्रमा पनि केही गर्नुपर्छ भनेर एकल वाचनको कार्यक्रम राखेका हौं,’ क्लबका अध्यक्ष गौतम विजुक्छेले भने, ‘मोफसलमै बसेर आफ्नो कविताको शक्ति देशभर पु¥याएका श्रेष्ठको एकल वाचनले क्लबलाई नै उचाइमा पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवसमेत भएर काम गरेका कवि तीर्थको कविता सुन्न ५ सय र १ हजारको टिकट काट्नुपर्ने अध्यक्ष विजुक्छेले जानकारी दिए ।

कार्यक्रमबाट बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने उनको भनाइ छ । कवि तीर्थको नेपालमै पहिलो पटक टिकटमा मुक्तक भएको थियो । मानवीय विषयवस्तुलाई सरल तर बिम्बात्मक रुपमा गहन कविता लेख्ने श्रेष्ठका कविताले फेरि एकपटक पोखरेली साहित्य पारखीको मन जित्ने आयोजकको विश्वास छ । श्रेष्ठको यसअघि विभिन्न ठाउँमा एकल कविता, एकल मुक्तक वाचन कार्यक्रम भएका छन् ।

श्रेष्ठका २ मुक्तक संग्रह, १ गीत संग्रह, २ कविता संग्रह र १ संयुक्त कविता संग्रह प्रकाशित छन् भने उनको कविता त्रिभुवन विश्वविद्यालयको डिप्लोमा र एमएमा पढाइ हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button