कालिकामा कमलको सपना पुरा गरे विकास – नेता ढकाल

पोखरा –

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानुभक्त ढकालले स्वर्गीय कमलमणि ढकालको सपना पुरा गरे सिंङ्गो कालिकाको विकास हुने धारणा व्यक्त गरे ।

एभरग्रिन युथ क्लको पाँचौं अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस कालिका गाविका इकाइ सभापति समेत रहेका ढकालले कमलमणि कालिकाका गहना भएको स्मरण गर्दै उनी संस्थापक अध्यक्ष रहेको युथ क्लवले रचनात्मक र अधुरा सपना पुरा गर्ने नेतृत्व छान्न समेत युवाहरुलाई अनुरोध गरे । पाँचौ अधिवेशनले बोधराथ ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक भेषबहादुर थापाले जनाएका छन् ।

क्लबका अध्यक्ष समित केसीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव वावुराम ढकालले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य शिला श्रेष्ठले व्यक्त गरेकी थिइन् । नवौ वार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनले उपाध्यक्षमा चोलानाथ वास्तोला, शिव नेपाली, सचिवमा सुरेश क्षेत्री, सहसचिवमा शिला श्रेष्ठ, कोषाध्यक्षमा सुस्मा थापा र सदस्यहरुमा सविन पौड्याल, रोशन सापकोटा, दिपेन्द्र सापकोटा, विशाल बास्तोला, विपना थापा, फिरोज श्रेष्ठ, विरबहादुर नेपाली, दक्षिणा श्रेष्ठ, पाण्डव देवकोटा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशन पश्चात वसेको पहिलो वैठकले युथ क्लबको सल्लाहकारमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, कालिका गाउँ इकाईका सभापति भानुभक्त ढकाल, क्लवका निवर्तमान अध्यक्ष समित केसी र समाजसेवी मनोजकुमार श्रेष्ठलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष वोधनाथ ढकालले जानकारी दिए । क्लवले कालिका गाउँ लगायत विभिन्न क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button