पोखराको कन्या क्याम्पसलाई प्राविधिक विश्वबिद्यालय बनाउने लक्ष्यसहित महायज्ञ हुने

kanya campus pokhara

पोखरा –

पोखरामा नदीपुरमा रहेको कन्या क्याम्पसमा शैक्षिक एवं धार्मिक महोत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । क्याम्पसलाई गुणस्तरीय प्राविधिक शिक्षालय बनाउने उधेश्यले महायज्ञ आयोजना गर्न लागिएको जानकारी बुधबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलन मार्फत दिईएको हो ।

पोखरामा ३ नदीपुर स्थित क्याम्पस परिसरमा यहि माघ २५ गते देखि फागुन ३ गतेसम्म महायज्ञ संचालन हुने भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानले बताए । सर्वसुलभ तवरले प्राविधिक शिक्षाको आवश्यकलाई परिपूर्ति गर्दै स्थानीय स्तरमै आत्मनिर्भर बिधार्थीको उत्पादन गर्दै स्वरोजगारको बातावरण सिर्जना गर्ने लक्ष्य महायज्ञको रहेको प्रधानले बताए । सामुदायिक शैक्षिक सस्थाको रुपमा रहेको क्याम्पसलाई प्राविधिक शिक्षालय हुदै विश्वबिद्यालयको रुपमा रुपान्तरण गर्न पुनित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको उनले बताए । महायज्ञले सबै नेपालीमा हार्दिक एकताको भावना विकसित गर्ने एवं विदेश पलायन हुने प्रावृत्ति न्यूनिकरण गर्ने, विश्व बजारमा समेत प्रतिष्प्रर्धा गर्न सक्ने सक्षम प्राविधिक युवाशत्ति उत्पादन गर्ने, आध्यात्मिक संस्कारयुक्त सकारात्मक सोचका साथ राष्ट्रनिमार्णमा सक्रिय गराउने, बालक, युवा र जेष्ठ नागरिक सबैमा आध्यात्मिक चेतनाको विकास गर्ने अभिप्रेरित गर्ने जस्ता पवित्र उदेश्यहरु राखेको समेत प्रधानले बताए ।

महायज्ञ सम्पन्न गर्न करीब ३० लाख खर्च हुने तथा करीब ५ करोड रुपैया आर्थिक संकलन गर्ने लक्ष्य राखिएको क्याम्पसले जनाएको छ । महायज्ञको प्रमुख वाचकको रुपमा अन्तरास्ट्रिय बाचन प्रवीण पण्डित दीनवन्दु पोखरेल रहने भएका छन भने सहबाचकमा अभियन्ता धुर्बशरण बस्याल रहने छन् । महायज्ञ सफल पार्न क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको संयोजकत्वमा २ हजार १ सदस्यीय मुल आयोजक समिति गठन भएको मिडिया परिचालन उप–समिति संयोजक आरजु विष्ट शल्यानीले बताए ।

२०४८ सालमा कन्या माविको रुपमा स्थापना भएको क्याम्पसमा हाल दश जोड दुई र स्नातक तहतर्फ व्यवस्थापन, मानविकी, तथा शिक्षाशास्त्र संकायमा अध्यपान भइरहेको छ । हाल ४४ जना शिक्षकहरु कार्यरत रहेको कन्या क्याम्पस पृथ्बीनारायण क्याम्पसमा प्रध्यापनरत १० जना प्राध्यापकहरुको सक्रियताबाट स्थापना भएको हो । स्थापनाको बर्ष प्रविणता प्रमाणपत्र तहमा व्यवस्थापन तथा मानविकी संकायमा ५६ जना छात्राहरुको सहभागिता रहेको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख मानन्धरका अनुसार क्याम्पसमा हाल विभिन्न संकायमा गरी ९ सय जना छात्राहरु अध्यनरत रहेका र ५० जनाले निशुल्क छात्रबृत्ति प्राप्त गरेका छन्।

kanya campus pokhara

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button