भारतमा सम्पन्न फुल कन्ट्याक कराँतेमा कास्कीका खेलाडी उपविजेता

पोखरा –

मित्र राष्ट्र भारतको कोलकक्तामा हालै सम्पन्न भएको खुल्ला भारत फुल कन्ट्याक कराँते प्रतियोगितामा कास्कीका खेलाडी दोश्रो भएका छन ।

कास्की चापाकोट गाविस ७ स्थायी घर भएका विष्णु नेपालीले हालै भारतमा सम्पन्न भएको उक्त प्रतियोगितामा खुल्ला तौल समुहमा उपविजेता भएका हुन ।

खुल्ला तौल समुहमा ३२ जना सहभागि खेलमा उनले ५ फाईटमा फाईनलमा पुग्दै फाईनल खेलमा भने भारत वेष्ट बंगालका सलाउदिन खाँनसंग पराजित भएसंगै उपविजेता भएका हुन । उनले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा भारु २५ हजार समेत प्राप्त गरेका हुन ।

भारत क्यु कोसिङ कराँतेको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागिताको लागि कराँतेका प्रशिक्षक असोक लामालाई आएको पत्राचारको आधारमा उनी प्रतियोगितामा सहभागि भएका हुन । सिन क्यु कोसिन कराँते लेकसाईडले  सुक्रबार उपविजेता भएका नेपालीलाई सम्मान गर्ने भएको लामाले बताए । यस अघि नेपालीलाई मकवानपुरमा समेत खेलाडीहरुले सम्मान गरेका थिए ।

नेपाली यस अघि पश्चिमाञ्चल क्षेत्रिय छनौटमा उत्कृष्ट भए पनि सातौ राष्ट्रिय खेलमा भने सहभागिता मात्र रहेको थियो । यस अघि उनले विभिन्न प्रतियोगिताहरुमा प्रथम तथा दोश्रो एवं तेश्रो भएका छन । विगत ७ बर्ष देखि कराँतेमा लागेका उनले पहिलो पटक भारतमा एक मात्र खेलाडीहरुको रुपमा सहभागि भयर पनि उपविजेता सहित ट्रफि प्राप्त गर्दा ठुलो उपलब्ध हासिल गरेको महसुस भएको उनले प्रतिकृया दिएका छन । उनले भने “ म भारतमा संचालन भएको उक्त प्रतियोगितामा सहभागिता हुन पाउनु नै मेरो लागि ठुलो उपलब्धि हो भने त्यसमा फाईनलमा पुगेर उपविजेता हुनु मेरो लागि अझ बढी उपलब्धी हो ।” प्रशिक्षक राजु नेपाली, असोक लामा, हालका प्रशिक्षक किशोर श्रेष्ठका कारणले गर्दा आफुले उक्त उपलब्धि हासिल गर्न सफल भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button