पोखरामा नायिका करिश्मा मानन्धर सहितका मोडलको फेसन सो (फोटो ग्यालरी )

आर्थिक विकासमा गोर्खा बराहले थप टेवा पुराएको छ– उपमहानिर्देशक कोईराला, 

पोखरा –

गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. ले पाँचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा सनिवार पोखराको बाराही होटलमा   बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।  बार्षिक उत्सब कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको  साथमा नायिका करिश्मा मानन्धर सहित मोडलले फेसन सो तथा गहना प्रदर्शनी गरेका थिए भने सामाजिक कार्यमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यस बर्षको गोर्खाली तारा  २०७३ को अवार्ड भने सावित्री गुरुङले पाउन सफल भएकी छन । पोखरा रामबजार निवासि भूपु गोर्खाली मेजर गोविन्द गुरुङकी धर्मपत्नी सावित्री गुरुङले स्वदेश र विदेशमा शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै शनिबार उनलाई पोखरामा सम्मान गरीएको हो ।

गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले संचालन गरेको उक्त अवार्ड प्रा.लि.को  बार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि आपुर्ति तथा व्यावस्थापन मन्त्रालयका महानिर्देशक शम्भु कोईराला, नायिका तथा गोर्खा बराहकी व्राण्ड एम्वेसडर करीस्मा मानन्धर, प्रा.लिका अध्यक्ष हरी धमला, संचालक तथा गोर्खा कम्युनिटिका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ लगायतले सम्मानित गुरुङलाई चाँदीको अवार्ड सहित सम्मान पत्र, दोसल्ला, नगद ५ हजारले सम्मान गरेका हुन । उक्त सम्मानले आफुलाई नेपाली गोर्खालीकी छोरी भएको झन गौरव बढाएको बताउदै उनले प्राप्त गरेको नगद पुरस्कार स्वरुपको ५ हजार रुपैया प्रा.लि.द्धारा संचालित छात्राबृत्ति अक्षयकोषको लागि सहयोग गरेकी छन । उक्त अवार्डबाट यस अघि माया गुरुङ, धन सुव्वा गुरुङ, मैना कुमारी गुरुङ र चन्द्रा गुरुङ सम्मानित भई सकेका छन ।

उक्त अवसरमा प्रालिद्धारा संचालन हुने एम्बुलेन्स सेवाको लागि स्थापना भएको अक्षयकोषमा समेत सहयोग गर्ने दातालाई सम्मान गरीएको छ । हर्क ध्वज गुरुङ÷ बिरकासि गुरुङबाट २ लाख ५ र एएसपी किशोर कुमार गुरुङबाट एम्बुलेन्स अक्षयकोषको लागि एक लाख रुपैया सहयोग गरेका छन । उनीहरुलाई सम्मान पत्रको साथमा सम्मान गरीएको थियो । छात्रबृत्तिकोषमा हालम्म करीब ६० हजार रुपैया र एम्वुलेन्स संचालनार्थ अक्षयकोषमा ७ लाख ५० हजार रुपैया संकलन भएको प्रालिका अध्यक्ष धमलाले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा सुन, चाँदी तथा हिराका गरगहनाको प्रदर्शनी तथा फेसन सो समेत प्रदर्शन भएको क्लारा इृन्टरनेश्नल कलेजको मान्यता प्राप्त हङकङ ईन्टिच्युट प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा संचारकर्मी मीना गुरुङले बताईन । आपुर्ति तथा व्यावस्थापन मन्त्रालयका महानिर्देशक शम्भु कोईरालाले गोर्खा बराहले देशको आर्थिक विकासमा थप टेवा पुराएको बताए । उनले भने “ आर्थिक विकास भनेको पुंजी निमार्ण र रोजगार दिनु हो, यसमा गोर्खा बराहले दुबै काम गरेको छ, यस्ता निजी क्षेत्रमा लागेका युवाहरुलाई सवैले हौसला दिनु पर्दछ । ”

gorkha-baraha-and-jwelleryकार्यक्रममा सुन चाँदी व्यावसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतम, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, सल्लाहकार अविन्द्र निरौला, प्रालिका संचालक तथा गोर्खा कम्युनिटीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, संचारकर्मी मीना गुरुङ, शान्ति गुरुङ लगायतले वोलेका थिए । स्थानीय श्रोत साधन अनि यहाँका जनतासंगको सहकार्यमा गोर्खा बराहले ५ बर्षमा लाखौं आम उपभोक्तहरुको मन जित्न सफल भएर हाल आफुहरुले नयाँ शाखा स्थापना गर्ने हैसियतमा पुगेको धमलाले बताए । उनले भने “ हामीले व्यापार मात्र गर्दैनौं, हाम्रो व्यापारसंगै सामाजिक उत्तरदाहित्व वोद गर्दछौं, हाम्रो पेशा प्रति हामी शतप्रतिशत सुद्धता कायम गर्दछौं, स्थानीयसंग सधै समन्वय गर्दै अघि बढेका छौं ।” समाजमा रहेका विकृति र विसङगती बिरुद्ध समयमै रोकथाम गर्न नसके पछि समाजमा चोरी डकैती जस्ता घटनाहरु हुने भएकोले यसमा सवै जना समयमै सर्तक हुन उनले आग्रह गरे ।

आर्थिक अबस्था कमजोर भई स्वास्थ्य उपचार गर्न नसकेका वा अस्पतालसम्म पुराउन कठिन भएकाहरुको लागि तथा आर्थिक अबस्थाले गर्दा पठन पाठन गर्न नसक्ने गरीब तथा विपन्न बर्गका व्यत्तिहरुको लागि गोर्खा बराहलाई सम्झन उनले आग्रह गरे । श्रृष्टी सेन्चुरीको कोरीयोग्राफिमा गरगहनासहितको फेसन सो भएको थियो। बार्षिकोत्सवको अवसरमा केक समेत काटिएको थियो  । शाखा उद्घाटनको अवसरमा सुन तथा चाँदी किन्ने ग्राहकहरुको लागि राखिएको एक तोला सुनको सिक्का उपहार पोखरा दिपकी कन्या गुरुङले प्राप्त गर्न सफल भएकी छन  ।कार्यक्रममा गायक आल्मोडा उप्रेतीले गित प्रस्तुत गर्दा सहभागिहरु छम्छम्ती नाचेका थिए । २२ वर्ष अघि धरानमा जन्मेको बराह ज्वेलरी र गोर्खा कम्यूनिटी पोखराको संयुक्त लगानीमा स्थापित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. ले पाँचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा सुक्रबार प्रालिले एक समारोहका बिच, पोखराको न्युरोडमा आफ्नै भवनमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button