पोखरेली गायक कर्ण दास दश बर्ष पछि एउटा नयाँ आशाको साथमा (भिडीयो)

पोखरा –
सांगितिक यात्राको दश बर्षको अन्तरालमा पोखरेली गायक कर्ण दासले आफ्नो नयाँ एल्बम “एउटा नयाँ आशा” दर्शक तथा श्रोतामाझ पस्किएका  छन् ।

karna-das-naya-aasaम्यूजिक नेपालको प्रस्तुतिमा स्वर सुन्दरमणि गायक कर्ण दासको “एउटा नयाँ आशा” गीती एल्बममा १२ वटा गीतहरु समावेस गरिएका छन् । एल्बममा समावेस १२ वटा गीतहरु मध्ये एस.टु. प्रोडक्शनले निमार्ण गरेको “हाम्रो नेपाल” शिर्षकको राष्ट्र प्रेमी गीतको भिडियो युट्युब र टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ ।

नेपाल प्राकृतिक शुन्दरताले भरिपूर्ण देश हो, यहाँका बिभिन्न क्षेत्रका शुन्दर दृश्यहरुलाई कलात्मक तरिकाले भिडियोमा समावेस गरिएको छ । बिशेष गरि पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पुर्वको दमक, पर्वतको चित्रे र कुश्मा लगाएतका ठाँउहरुमा छायाँङ्कन गरिएको गायक कर्ण दासले जानकारी गराए । राष्ट्र प्रेमी गीत भएकोले बिभिन्न शुन्दर ठाउहरुलाई गीतको माध्यमबाट समावेस गरिएकोले आफुले निर्माण गरेको भिडियो मध्ये फरक र उत्कृष्ठ बनेको उक्त भिडियोका निर्देशक सुरज श्रेष्ठले दाबी गरे । छायाँङ्कन, सम्पादन र निर्देशन चर्चित फाटोग्राफर एवं सिनेमाटोग्राफर सुरज श्रेष्ठले नै गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button