कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु, १८ घाइते

पोखरा न्युज-

दैलेखको आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा बस १० जनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् ।

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ ।

source-

  https://kantipur.ekantipur.com/news/2017-06-14/20170614162520.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button