तेक्वान्दो कास्कीले गर्यो पूर्व राष्ट्रिय खेलाडी तुलसी गुरुङ्गलाई सम्मान

पोखरा-

जिल्ला तेक्वान्दो संघ कास्कीले पूर्व राष्ट्रिय खेलाडी एवम हङकङका राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षक तेक्वान्दोका ग्राण्ड मास्टर तुलसी गुरुङ्गलाई शनिवार एक कार्यक्रमका विच सम्मान गरेको छ । पोखरा १३ लालीगुँरास टोल निवासी गुरुङ्ग विदेशमा बसेर महत्वपुर्ण पदमा कार्यरत रहेको भन्दै उनलाई सम्मान गरिएको हो ।

उनलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङ्ग, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ्ग लगाएतले दोसल्ला, माला र सम्मानपत्र द्वारा सम्मान गरेका हुन ।
कुनै समयमा बेलायती सेनामा कार्यरत तुलसी गुरुङ्ग २०४० सालको राष्ट्रिय खेलकुदमा पौडीको फ्रि स्टायल प्रतिष्पर्धाका च्याम्पीयन हुन भने सन १९८४ मा मार्सल आर्ट तेक्वान्दोका समेत राष्ट्रिय च्याम्पियन रहेका थिए । हाल उनी हङकङको तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक समेत रहेका छन ।

उनले हङकङका राष्ट्रिय टिमका ७ जना खेलाडीलाई नेपाली खेलाडीहरु संग तेक्वान्दो खेल र नेपालको साँस्कृतिक कार्यक्रम बारे अनुभव आदान प्रदान गर्न समेत नेपाल ल्याएका छन । उनले सो अवसरमा भने–“नेपालको तेक्वान्दो खेल अझै पनि परम्परागत छ, यसमा धेरै टेक्निकल कुरा हरुको सुधार आवश्यक छ ।” उनले खेलाडीहरुको खेल शिप आदान प्रदान संगै सास्कृतिक कुराहरु पनि आदान प्रदान गर्न सके नेपालको खेलकुदमा धेरै सुधार आउन सक्ने कुरामा ध्यान पुर्याउन आग्रह समेत गरे । उनले अवको केही महिना पछि हङकङमा आयोजना हुने एशिया सिटी च्याम्पियनशिपमा पोखरेली खेलाडीहरुलाई सहभागिता गराउने घोषणा समेत गरे ।

सो अवसरमा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले खेलकुदमा यस प्रकारको कार्यक्रमले अवको दुई वर्षमा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुदमा तेक्वान्दो खेलमा पदकको सम्भावना बलियो हुने वताए । कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङ्ग, तेक्वान्दो पूर्व अन्तराष्ट्रिय खेलाडी हरीश्वर पोख्रेल, कास्की जिल्ला तेक्वान्दो संघका सचिव राजन पौडेल लगाएतले बोलेका थिए ।

हङकङ बाट आएका राष्ट्रिय खेलाडीहरुले एक दिन पोखरेली तेक्वान्दो खेलाडी हरुसंग तक्वान्दो खेलको अनुभव आदान प्रदान गर्ने छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button