कास्कीका तीन सय ६३ उम्मेदवारबाट खर्च विवरण

 

पोखरा न्युज –

कास्कीका विभिन्न दलका तीन सय ६३ उम्मेदवारले निर्वाचनमा गरिएको खर्च विवरण बुझाएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी तेजबहादुर गुरुङका अनुसार खर्च विवरण बुझाउनेमा नेपाली काँग्रेसका ९५, नेकपा (एमाले)का ८७, नेकपा (माओवादी केन्द्र)का ८२, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका ५३, राष्ट्रिय जनमोर्चाका ३६ र देशभक्त जनतान्त्रिक मोर्चाका १० जना उम्मेदवार छन् ।

उम्मेदवारले बिल भर्पाईसहित खर्च विवरण बुझाएको बताइएको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई कार्यालयले बारम्बार ताकेता गरिरहेको बताउँदै गुरुङले तोकिएको मितिमा विवरण नबुझाउनेले जरिवानासहित विवरण बुझाउनुपर्ने जानकारी दिनुभयो ।

निर्वाचन आयोगले तोकेको खर्चकै सेरोफेरोमा रहेर न्यूनतम रु एक लाख ५० हजारदेखि रु सात लाख ५० हजारसम्मको खर्च विवरण कार्यालयमा प्राप्त भएको छ । गत वैशाख ३१ गते विभिन्न पदका लागि एक हजार चार सय २४ उम्मेदवार पहिलो चरणको स्थानीय निर्वाचनमा उत्रेका थिए । एक पोखरा–लेखनाथ महानगरपालिका र चार गाउँपालिकामा तीन सय ८१ पदका लागि निर्वाचन भएको थियो । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले अनिवार्य रुपमा निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button