कास्कीमा मतदान शान्तिपूर्ण, हालसम्म ७० प्रतिशत मत खस्यो

पोखरा, ३१ वैशाख-

कास्कीमा जिल्लामा हाल सम्म मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ ।  क्षेत्रिय निर्वाचन कार्यालय पोखराका प्रमुख निर्वाचन अधिकृत गंगालाल सुवेदीका अनुसार कास्कीमा हालसम्म ७० प्रतिशतको हाराहारीमा मत खसेको छ  ।

कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका छन । धेरैजसो मतदाताहरुले आफ्नो अमुल्य मत दिइ सकेका छन भने केहि मतदाताहरुले मत दिने क्रम जारी छ  ।

१९ बर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरु उत्साहित रुपमा सहभागि भएको निर्वाचन अधिकृतहरुले बताएका छन । पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ जना मतदाता रहेका छन ।

कास्कीमा पोखरा लेखनाथ महानगरपालिका सहित अन्य चार गाउँपालिकामानै मतगणना हुने भएको छ भने पोखरा लेखनाथ महानगरपालिकाका ३३ वड़ाको पोखरा नगर पशिक्षण केन्द्रमा हुने भएको छ।

केन्द्रको निर्देशनमा मतदानको दिन आज समेत मतदान परिचय पत्र नलिएकाहरुको लागि मतदान परिचय पत्र वितरण गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकामा ९८ वटा मतदान स्थलमा  २ सय १० मतदान केन्द्र छन् । समग्र कास्कीमा भने  १ सय ५० मतदान स्थलमा   २ सय ८८ मदतान केन्द्र रहेका छन । यस्तै, अन्नपूर्णमा १५ स्थलमा  २१ मतदान केन्द्र, माछापुच्छेमा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमध्ये १५ मतदान केन्द्र कायम गरिएको हो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button