सचिव विष्ट श्रीमती घुमाउन निस्के पछि नेपाली खेलाडी खेलबाटै बाहिरिनु पर्‍यो

पोखरा न्युज ।

पाँचौ एशियन इन्डोर गेमका सेफ दि मिसनका केशव कुमार विष्ट श्रीमती घुमाउन निस्के पछि प्रतियोगितामा एक खेलाडी खेलबाट बाहिरिनु परेको छ। तुर्कमेनिस्तानको आस्कावादमा नेपाली मिती भदौ ३१ बाट सुरु भएको पाँचौ एशियन इन्डोर गेममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव नेपालबाट सेफ दि मिसनका रुपमा सहभागी भएका थिए ।

सेफ दि मिसनको काम नै खेलाडीलाई सवै कुराको जानकारी गराउनु र खेलाडीको बसोबास देखी सवै कुराको व्यवस्था गर्नु पर्ने हुन्छ । सेफ दि मिसनको जिम्मेवारी सम्हालेका सदस्य सचिव विष्ट श्रीमती सहित तुर्किमिनिस्तान पुगेका थिए । उनी खेलाडीको हेरचाह र व्यवस्थापन भन्दा पनि श्रीमती घुमाउन तिर लागेर गम्भिर लापरबाही गरे पछि एक उत्कृष्ट खेलाडी खेलबाट नै बाहिरिनु परेको छ ।

पोखरा न्युज डटकम लाई प्राप्त जानकारी अनुसार खेलबाट बन्चित हुन परेका खेलाडी हुन थाइ ६७ केजी तौल समुहका बक्सिङ्गका नवराज गुरुङ्ग । नेपालबाट पदकको सम्भावना वोकेका गुरुङ्ग खेल समयमा पनि प्रशिक्षणमा व्यस्त रहेका थिए । उनको खेल मकाउका खेलाडी संग थियो । तर खेल समयको उनलाइ जानकारी भएन । उक्त कुराको जानकारी सेफ दि मिसन विष्टले दिनु पर्ने थियो । तर विष्ट तुर्कमेनिस्तानमा श्रीमती घुमाउन व्यस्त थिए । यता मकाउका खेलाडीले बाइ पाएर खेल जिते । कुन खेलाडी के गर्दैछ ? कति बेला उसको खेल हो सो बारे उनलाई कुनै चासे समेत नदेखिएको त्यहाँ पुगेका खेलाडीले पोखरा न्युजलाई बताए ।

उक्त प्रतियोगितामा मोया थाइ वक्सिङ्गका खेलाडी आफ्नै खर्चमा खेल्न पुगेका थिए । खेलाडी भन्दा पनि जम्वो अफिसियल टोलीको नेतृत्व गरेका सदस्य सचिव विष्टको टोली खेलाडीहरुको व्यवस्थापन भन्दा पनि मोज मस्तीमा नै व्यस्त रहेको खेलाडीहरुले बताएका छन । नेपाली खेलकुदको यस्तो परिवेशले नेपालको खेलकुदको विकास कसरी सम्भव होला उनीहरु यतिबेला प्रश्न गरिरहेका छन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button