नेपाल र श्रीलंका भिड्दै

पोखरा-

दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपाल र श्रीलंकाका शुक्रबार भिड्दै छन् । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा नेपालले श्रीलंकासँग दिउँसो २ ः ३० बजे कञ्चनजंगा खेल मैदानमा प्रतिस्पर्धा गर्नेछ ।साफमा दोस्रो पटक श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको नेपालले पुरानो नजितालाई कायम गर्ने योजनामा छ भने श्रीलंका बदला लिने दाउमा छ । नेपालले उद्घाटन खेलमा भुटानलाई ८—० र बुधबार भएको खेलमा माल्दिभ्सलाई ९— ० ले फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालका टिम प्रशिक्षक कुमार थापाले श्रीलकासँगको खेलमा पनि नेपालले जित्ने विश्वास लिए । ‘हामीले श्रीलंकालाई सन २०१४ को साफमा पनि हराएका हो,’ उनले भने,‘ शुक्रबारको खेलमा पनि नजिता हाम्रो पोल्टामा पर्नेमा विश्वस्त छु, साफको उपाधि जित्ने गरी नै तयारी गरेका छौ ।’प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button