खनालले पोखरामा भने, संविधान संसोधनको कुरा गर्दा द्धन्द बढ्छ

डीएमबी,
पोखरा –
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले यति वेला संविधान संसोधनको कुरा गर्दा देशमा द्धन्द बढ्ने बताएका छन ।
सोमबारदेखि पोखरा रगंशालामा सूरु भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी पश्चिमाञ्चल स्तरीय क्षेत्रीय छनौट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री खनालले यति वेला संविधान संसोधनको कुरा गर्न नहुने बताउदै संविधान संसोधनको कुरा गर्दा देशमा झन द्धोन्द बढ्ने दाबी गरेका हुन। उनले भने “ यति वेला हामीले संविधान संसोधनको कुरा गर्दा विदेशीले नेपाल माथि हात हाल्न सक्छ । ” संविधान कान्वयनको विकल्प नभएको दाबी गर्दैै उनले संविधान जारी गर्न एक भएका पार्टी अब जारी भएको संविधान कान्वयन गर्न पनि एक हुन आग्रह गरे । नेपाल एउटा ऐतिहासिक घडिमा रहेकोले जारी संविधान कान्वयन गरी देशको विकासमा जुट्नु पर्ने समय आएको उनले जनाए । उनले भने “ अहिलेको अबस्थामा संविधान संसोधन पहिलो प्रथामिकता होईन, संविधान संसोधन नै गर्नु छ त जारी भएको संविधान कान्वयन पछि पनि गर्र्न सकिन्छ, यसमा कागेंस र माओबादी केन्द्रले बुझ्नु पर्यो , अब कसैले यस बिषयमा खुट्टा कमाउनु पर्दैन, संविधान कान्वयनको विकल्प पनि हामीले देखेका छैंनौं । ”

राज्यले खेलकुद क्षेत्रमा कम बजेट विनियोजन गरेको कारणले गार्द खेलकुदले गति लिन नसकेको बताउदै नेता खनालले खेलकुदलाई राम्रोसंग अघि बढाउन सके विश्वको ध्यान खिच्न सकिने दाबी गरे । उनले भने “नेपाल एउटा विश्वकै अति सुन्दर मुलुक हो, यहाँका प्राकृतिक र सांस्कृतिक पक्षले हाम्रो सौन्दयतालाई अझ बढी आकष्र्ण गरेको छ ।” देशको राजनीतिक अबस्था सुदृण भएसंगै खेलकुद सहित यहाँको हरेक क्षेत्रको विकास हुने उनको भनाई थियो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । १६ जिल्लाका खेलाडीहरुले २१ खेलको लागि प्रतिष्प्रर्धामा उत्रिने छन। क्षेत्रिय छनौटमा उत्कृष्ट भएको खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन पाउने छ ।

कार्यक्रमको संचालन रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले गरेका थिए

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button