लोडसेडिङ हुन्छ कि भनेर निराश नहौ, मेट्रो रेललाई पुग्ने विद्युत जोहो गर्छौं – कुलमान

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन् । साथै अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि बताए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले केही समयभित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्ने बताए ।

साथै काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अव लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट गरेका छन् ।

स्रोत – अनलाइन खबर   https://www.onlinekhabar.com/2017/02/543245/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button