कुलमान वर्षकै पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् । प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै कुलमानले यस्तो सम्मान पाएका हुन् ।

काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा घिसिङ वर्षकै पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित भएका हुन् । उनले गत असोजको सुरुवातमा प्राधिकरणमा कार्यकारीका रुपमा नियुक्ति बुझेका थिए ।

नेपाल उद्योग परिसंघले उनलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै पूर्वाधार विकासका लागि लिएको पहलकदमीलाई उत्साहजक भएको भन्दै सम्मान गरेको हो ।

कुलमान घिसिङ प्राधिकरण्मा आएपटि उनले ट्रान्समिसनलाइनको निर्माणका भइरहेको ढिलाईलाई हटाएका छन् । जसका कारण विद्युत खरिद सम्झौता भएर पनि निर्माण्का अघि बढ्न नसकेको निजी क्षेत्रका जलविद्युत आयोजनाको निर्माण पनि तीव्र भएको छ ।

घिसिङले प्राधिकरणअन्तरगत निर्माण भइरहेका चमेलिया, कुलेखानी ते्रस्रो र माथिल्लो तामाकोशी लगायतका आयोजनाको निर्माणको गति बढाउन ठूलो भूमिका निभाएका छन् ।

यसैगरी काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले पूर्वाधारमा लगानीका लागि वातावरण तयार गर्न नेतृत्वदायी भूमिका खेलेको परिसंघको ठहर छ ।

ऊर्जा सकंट बेहोरिरहेको मुलुकमा आफ्नो कुशल ब्यवस्थापनको माध्यमबाट कुलमानले पूर्वाधारमा लगानी बढाउन निजी तथा सरकारी क्षेत्रलाई उत्प्रेरितसोत गरेका छन् ।

स्रोत अनलाइन खबर –  https://www.onlinekhabar.com/2017/02/545511/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button