लेकसाइड डोजाङ्गद्वारा वडा प्रतिनिधीहरुको सम्मान

पोखरा न्युज –

कास्की जिल्ला तेक्वान्दो संघ मातहतको लेकसाइड डोजाङ्गले स्थानिय तहको निर्वाचनमा निर्वाचित वडा नम्बर ६ का प्रतिनिधीहरुलाई सम्मान एवं पेटी परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान लेकसाइडको बसुन्धरापार्कमा आयोजित कार्यक्रममा डोजाङ्ग प्रमुख प्रितम कुँवरले वडा सदस्यहरु विष्णुबहादुर भट्टराई, हरि पहारी, पुष्प घले पहारी र राममाया विकलाई दोसल्ला ओढाई सम्मान गरे ।

सम्मान पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको वडा सदस्य विष्णुबहादुर भट्टराईले लेकसाइड डोजाङ्गले विद्यार्थीहरुलाई खेलका मार्फत अनुशासनको पाठ पनि पढाइरहेको बताए । एक दशकदेखि निरन्तर रुपमा सञ्चालित डोजाङ्गलाई आफ्नों व्यक्तिगत र वडास्तरबाट गर्न सकिने सहयोग गर्ने समेत उनले प्रतिवद्धता जाहेर गरे । हुर्कदै गरेका बालबालिकालाई लागूऔषधको कुलतबाट टाढा राख्नका लागि पनि खेलकुद लगायत श्रृजनात्मक रचनात्मक कृयाकलापतर्फ लगाउनुपर्नेमा भट्टराईले जोड दिए ।

त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वाध्यक्ष विनोद लामिछानेले डोजाङ्ग खेलकुदसंगै सामाजिक कार्यमा पनि सक्रिय रहेको जानकारी दिए । पेटि परिक्षाका लागि कार्यक्रममा उपस्थित कास्की जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष विकास धामिले कुनैबेला गुण्डागर्दीको संज्ञा दिइने तेक्वान्दो अहिले राष्ट्रका लागि मेडल ल्याउने खेल भएको बताए । कार्यक्रममा स्थानिय आमा समुहहरुको तर्फबाट अन्नपूर्ण आमा समुहका गंगा लामिछानेले मन्तब्य राखेकि थिइन् ।

कार्यक्रममा तेक्वान्डो किकुवान कोरियाबाट प्राप्त प्रमाणपत्रले विद्यार्थीद्वय सुवोध बस्नेत र दर्शन श्रेष्ठलाई तथा डोजाङ्गका अनुशासित खेलाडीहरु जनम तामाङ्ग र सक्षम गुरुङ्गलाई पुरस्कृत गरिएको थियो । डोजाङ्ग प्रमुख प्रितम कुँवरको अध्यक्षतामा भएको कार्यक्रम तेक्वादो संघ कास्कीका सह–सचिव दिपेन्द्र पहारीले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button