पोखरामा शुक्रबार र शनिबार तायमचा तथा लाखे नाच प्रतियोगिता

पोखरा न्युज –

पोखराको रामबजारमा शुक्रबार देखि तायमचा नाच महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय लाखे नाच प्रतियोगिता हुने भएको छ । २७ गते लाखे नाच प्रतियोगिता तथा २८ गते तायमचा नाच प्रतियोगिता गर्न लागेको आयोजक रामबजार तायमचा नाच समिती का अध्यक्ष तथा कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले बिहिबार पोखरामा कार्यक्रमको बारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा कास्की भरका बिभिन्न टोलबाट २६ टोलीले तायमचा नाचका लागि प्रतियोगितामा सहभागिता जनाउनेछन भने २० टोली लाखे प्रदेश नम्बर ४का बिभिन्न जिल्लाबाट सहभागिता जनाउने लाखे नाच संयोजक अष्टमान प्रधानाङ्गले बताए । लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि लाखे नाच प्रतियोगिता गर्न लागेको उनले बताए । लाखे नाचका लागि लमजुङ्गबाट २ टोली, गोर्खाबाट १, स्याङ्गजाबाट २, बेनीबाट १, कुस्माबाट १, बाग्लुङ्गबाट १, तनहुँबाट ४ नवलपरासीबाट १ तथा कास्कीबाट ७ टोलीले सहभागिता जनाउदैछन । श्रावण २७ गतेको उद्घाटन सत्र तथा लाखे नाच प्रतियोगिता कालिका मन्दिरको प्राङ्गण तथा २८ गते तायमचा प्रतियोगिता श्रीकृष्ण मन्दिर रामबजारको परिसरमा देखाइने रामबजार तायमचा नाच समितीका उपाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

नेवार समुदायमा प्रचलित गाइजात्रा पर्वको सन्दर्भमा बिशेष गरि कास्कीको पोखरामा प्रचलित तायमचा नृत्य प्रतियोगितामा प्रथम हुनेले रु ३५ हजार १ सय ३५ र रु १५ हजार बराबरको खिङ्ग बाजा पुरस्कार स्वरुप पाउने छन् । त्यसै गरि द्धितिय हुनेले रु २१ हजार १ सय २१ का साथ ख्याली र प्रमाणपत्र, तृतिय हुनेले रु १२ हजार १ सय १२ र १ जोडी ता, सान्तन्वा र प्रोत्साहनले रु ५ हजार ५, उत्कृष्टबाद्यबादक, जोकर, ख्याली, भेषभुषाका लागि रु २ हजार ५ सयको पुरस्कार ब्यवस्था गरिएको संयोजक श्रेष्ठले जनाए । यसैगरि लाखे तर्फका पुरस्कारमा प्रथम हुनेले रु २० हजार १ सय २१, द्धितियले १२ हजार १ सय १२, तृतियले ७ हजार ७ सय ७७ तथा सान्त्वनाले रु ४ हजार ५ प्राप्त गर्ने संयोजक श्रेष्ठले बताए । दुइदिन सम्म सुनिल उलको सहयोगमा पोखराका पुराना भिडियो तथा फोटो प्रर्दशनीमा राखिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button