लोकस्रष्टा गायकको स्वास्थ्य अवस्था सुधारउन्मुख

आसेसअ समन्वय समिति कतारद्धारा रु.२० हजार प्रदान,

 पोखरा-

लोकस्रष्टा लाल बहादुर गायकको उपचारका लागी कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति कतारले आर्थीक सहयोग प्रदान गरेको छ । विगत तिन महिनादेखी मुटुसम्बन्धी रोगको उपचारमा रहेका गायकलाई आज उनकै घरमा पुगेर समन्वय समिति कास्कीले रु.२० हजार १ सय ५५ सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

कतारमा रहेका कस्केलीहरुले उक्त सहयोग उपलब्ध गराएका समन्वय समिति कास्कीका अध्यक्ष तिलक सापकोटाले जानकारी दिनुभयो । उक्त समितिका पदाकिारी एंव सदस्य र रेडियो हेमजाका सहायक स्टेशन म्यानेजर विराज शर्माको उपस्थितीमा स्वयम गायकलाई नै सहयोग हस्तान्तरण गरिएको हो ।

पछिल्लो समय गायकको स्वास्थ्य स्थिती सुधारउन्मुख रहेको उनको पारिवारीक श्रोतले जनाएको छ । घरमा बसिरहेका बेला अचानक प्रेसरले हानेपछि विरामी परेका उनि विगत तिन महिना देखी उपचाररत छन् । पोखरा र काठमाण्डौका विभिन्न अस्पतालहरुमा उपचार गरेर एकसाता अघि मात्रै घर फर्केका उनको स्वास्थ्यमा विस्तारै सुधारका संकेतहरु देखिएका उनकी धर्मपत्नी लिला गायकले जनाकारी दिनुभयो ।

उनको उपचारका क्रममा १५ लाख रुपैयाँ भन्दा धेरै खर्च भैसकेको पारिवारले जनाएको छ । उनको उपचारमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ । परिवारको आर्थीक अवस्था असाध्यै न्युन रहेका गायकले सारङ्ंगी बजाएर जिविका चलाउदै आएका थिए ।

पोखरा २९ हेमजाका ५४ वर्षीय गायकलाई सारङ्गी बाधकका रुपमा समेत चिनिन्छ । गायकका एक श्रीमति, दुई छोरा, दुई बुहारी, तिन नातीनातिना र एक छोरी रहेका छन् । उनले लोक संस्कृतिको विकास र प्रवद्र्धनमा विषेस योगदान गरेका संस्कृतिकर्मीहरुले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button