पोखरामा होली कप डबल्स टेनिस शुरु

पोखरा-
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा बुधबारदेखि होली कप पोखरा ओपन डबल्स टेनिस प्रतियोेगिता शुरु भएको छ । नेपाल खानेपानी संस्था पोखराका प्रमुख निरन महर्जनले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । उनले प्राविधिक संयोजक निरज थापालाई बल हस्तान्तरण गर्दै प्रतियोगिको उद्घाटन गरेका हुन् ।
पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । प्रतियोतिगा शनिबार सम्म सञ्चालन हुने आयोजक संघ कास्कीका सचिव लोक गुरुङ्गले बताए । ‘आउँदो बैशाखमा काठमाण्डौमा हुने पाँचौ सिटिजन कप राष्ट्रिय टेनिस प्रतियोतिगाको तयारीका लागि पनि यो प्रतियोतिगा आयोजना गरेका हौं’–गुरुङ्गले भने ।
शनिबार प्रतियोेगिताको समापनसंगै टेनिस कम्प्लेक्सभित्र निर्माण भएको पाँचौं टेनिस कोर्टको पनि औपचारीक रुपमा उद्घाटन गरिने संघ कास्कीका अध्यक्ष विनोद कायस्थले बताएका छन् । ‘नेप्लीज हङकङ टेनिस एशोसिएसनको आर्थिक सहयोगमा निर्मित पाँचौं कोर्टको शनिबार उद्घाटन हुने छ, यसका लागि हङकङबाट एशोसियसनका अध्यक्ष मगेन राई पोखरा आइपुग्नु भएको छ’–कायस्थले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button