मे. लक्ष्मी प्रसाद गुरुङलाई यस बर्ष पनि गल्फको उपाधि

पोखरा-

मेजर लक्ष्मी प्रसाद गुरुङले यस बर्ष पनि बर्ष गल्फ प्रतियोगिताको उपाधि चुम्न सफल भए ।

८ पटक उपाधि चुमेका उनले पोखराको मेझेरीपाटनमा रहेको हिमालयन गल्फकोर्षमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा १३ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि हात पार्न सफल भएका हुन । सन २००१ बाट सुरु भएको उक्त प्रतियोगितामा गुरुङले स्टोक प्लेको आधारमा खेलाईएको खेलमा ग्रस ७ अंक ल्याउदै उपाधि जितेका हुन ।

गुरुङले यस अघि सन २००४, २००५, २००६, र सन २००८ देखि सन २०१२ सम्म गरी ८ वटा उपाधि जिति सकेका छन। ६७ बर्षीय गुरुङले नवौं पटक सम्म उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकोमा खुसि व्यक्त गर्दै उमेरले पनि खेलाडीलाई नरोक्ने बताए । ४१ बर्ष वैदेशीक जिवनबाट अवकास प्राप्त गरेपछि नेपालको खेलकुद र सामाजिक क्षेत्रमा उतिकै सक्रिय भएका गुरुङले सवै क्षेत्र र भाग्यले साथ दिएको हुनाले आफुले सफलता प्राप्त गर्न सफल भएको जनाए । क्याप्टेन राजेन्द्र गौचन दोश्रो, इन्जिनीयर जिवराम गुरुङ, नेट डिभिजनमा भएको प्रतिष्प्रर्धामा र मोस्टवडी लङगेष्टड्राईभमा जय नोजेट प्रथम भए ।

क्लोजेष्ट टु द पिनमा वसन्त गौचन प्रथम, मोष्टआर्डओर्कीङमा वलराम थापा, हिडन हुलमा वसन्त गौचन प्रथम ई. गोविन्द गौचन दोश्रो र जिवाराम गुरुङ तेश्रो भए । विजेता खेलाडीहरुको टिमलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, मेजर चन्द्र बहादुर गुरुङ, उपाध्यक्ष वलराम थापा, बृटिस क्याम्पका प्रतिनिधि क्याप्टेन लाल बहादुर गुरुङ लगायले पुरस्कार वितरण गरेका हुन । सातौ राष्ट्रिय खेलमा गल्फबाट लयस क्षत्रको प्रतिनिधित्व गर्दै रजत पदक विजेता खेलाडी मे. लक्ष्मी प्रसाद गुरुङ, डल बहादुर लामा, कमल तामाङ, प्रज्जवल गुरुङलाई खादा लगायर सम्मान गरीएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button