पोखरा लगायत कास्कीकै विकास निर्माणको माग गर्दै नेता काठमाडौंमा

पोखरा –
कास्की जिल्लामा संचालन गर्नुपर्ने विकास निर्माण कार्यहरुको सरकारसँग माग गर्दै माओवादी केन्द्र कास्कीको एक टोली राजधानी पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पुरक वजेट ल्याउने तयारी गरिरहेकावेला जिल्ला स्तरीय टोली सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुसँग भेटघाटमा जुटेको हो ।

माओवादी केन्द्रका कास्की संयोजक एवं पोलिट व्युरो सदस्य राजकाजी गुरुङको संयोजकत्वमा जिल्ला अध्यक्ष दिपक कोईराला, रामजी वराल, गंगा पोखरेल, लालमोहन तिवारी, वखानसिंह तमु, लालवहादुर तमु, कोमल वराल, विश्वप्रकाश लामिछाने, टोलीमा सहभागि रहेका छन् ।

पोखरा उपत्यका चक्रपथ निर्माण, फेवाताल संरक्षण, कास्कीमा रहेका सात वटै तालहरुको प्राधिकरण गठन, सिमसार क्षेत्रको संरक्षण,अन्तरराष्ट्रिय चिडियाखाना निर्माण, क्षेत्रिय तथा नगर वसपार्क निर्माण, पोखरा १८मा भेटनेरी कलेज, लुम्लेमा कृषि कलेज, ढिकुर पोखरीमा पोलिटेक्नीकल कलेज स्थापना, पार्चे मिजुरे जोड्ने लिंक रोड निर्माण, पर्यटन प्रवद्र्धनका लागी भौतिक पुर्वाधार निर्माण लगाएत कास्कीलाई पुर्ण लोडशेडिङ मुक्त वनाउन माग गरेको टोलिमा सहभागि पोखरा उपत्यका नगर विकास समितिका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए । यस सँगै शिरोमणी मार्गको वाँकी रहेको कालो पत्रे शडक निर्माण, लेखनाथ संग्रहालय सँगै शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका भौतिक पुर्वाधार निर्माणका लागी आग्रह गरेको छ ।

नयाँ तथा पुराना योजनाहरु अघि वढाउन दवाव दिने उद्धेश्यले टोलीले यस विषयमा प्रधानमन्त्री पुस्पकमल दाहाल, उर्जामन्त्री जनार्दन शर्मा, स्थानीय विकास मन्त्री हितराज पाण्डे, शिक्षा मन्त्री धनीराम पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगाएतका सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीसँग भेट गरेको छ । भेटमा रातो कितावमा परेका र नपरेका कतिपय योजनाहरुलाई पुरक वजेटमा प्राथमीकता दिने तयारी गरेको सरकारका उच्च पदस्थ अधिकारीहरुले जानकारी दिएको टोलीका संयोजक राजकाजी गुरुङले वताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button