लेखनाथमा प्रस्तावित चिडियाखाना निर्माण सहयोगार्थ शालिमार सिमेन्टको सहयोग

पोखरा-

युनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी लेखनाथको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको पोखरा प्रस्तावित चिडियाखाना निर्माण सहयोगार्थ शालिमार सिमेन्टले सय बोरा सिमेन्ट प्रदान गर्ने भएको छ ।

युनाइटेड क्ल्वको आयोजनामा शुक्रबारदेखि पोखराको अमरसिंह चौरमा जारी रहेको सातौ पोखरा महोत्सवको अवलोकनमा पुगेका शालिमार सिमेन्टका डाइरेक्टर गिरधारीलाल अग्रवालले प्रस्तावित चिडियाखानामा निर्माणधिन अवस्थामा रहेको घाइते बन्यजन्तु उद्धार केन्द्रको निर्माणका लागी सय वोरा सिमेन्ट प्रदान गर्ने वताएका हुन ।

महोत्सव अवलोकनको क्रममा महोत्सव स्थलमा निर्माण गरिएको प्रस्तावित चिडियाखानाको सेन्ट मोडलले आफुहरुको ध्यानाकर्षण गराएको र युनाइटेड क्लवले चलाएको अभियान पोखरा मात्र नभइ नेपालकै नमुना कार्य भएकाले आफ्नो कम्पनी शालिमार सिमेन्टले सहयोग गर्न तयार रहेको अग्रवालले वताए ।

युनाइटेड क्लवले स्थापना कालदेखि पोखरामा सामाजिक क्षेत्र र पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको बारेमा जतिनै तारिफ गरेपनि कम हुने वताउदै अग्रवालले पांचौ पोखरा महोत्सवबाट शालिमार सिमेन्टले मुख्य प्रायोजन गर्दै आइरहेको र आगामी दिनमा पोखरा महोत्सवलाई आवश्यक पर्ने सहयोगलाई निरन्तरता दिइने समेत वताए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको र पछिल्लो समय पोखरामा चिडियाखाना निर्माण हुनुपर्छ भन्नेमा जोड दिदै आएको र हाल लेखनाथको पचभैयामा चिडियाखानाको काम अन्तर्गत घाइते बन्यजन्तुको उद्धार केन्द्र निर्माण भइरहेको र यो कार्यमा शालिमार सिमेन्टले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा पनि युनाइटेड क्लवको अभियानमा सहभागी भइदिन समेत श्रेष्ठले अग्रवाललाई आग्रह गरे ।

युनाइटेड क्लवको अगुवाइमा हाल लेखनाथको पचभैया क्षेत्रमा पर्ने पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक बनको १ सय ३४ हेक्टर जमिनमा चिडियाखाना निर्माणको काम भइरहेको छभने चिडियाखाना निर्माण अन्तर्गत घाइते बन्यजन्तु उद्धार केन्द्रको काम भइरहेको छ ।

पोखरा महोत्सवमा शालिमार सिमेन्टले पांचौ संस्करण देखि मुख्य प्रायोजकको भुमिका निर्वाह गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button