लेखनाथ महोत्सवको तयारी पुरा -महोत्सवमा पुर्व देखी पश्चिमसम्मका स्टल

लेखनाथ-
लेखनाथ उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघकोे संयुक्त आयोजनामा यही माघ २७ गते देखि सुरु हुने १३ औं संस्करणको लेखनाथ महोत्सव २०७३ को तयारी पुरा भएको छ । मंगलबार महोत्सव स्थल लेखनाको तालचोकमा आयोजना भएको पत्रकार सम्मेलनमा ११ दिन सम्म चल्ने उक्त महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले बताए । यस बर्ष पनि लेखनाथको महोत्सवमा पुर्व देखि पश्चिम सम्मका व्यापारीक स्टलहरुको सहभागिता रहेको त्रिपाठीले दाबी गरे।

साततालको शहर लेखनाथ नगरपालीकामा फागुन ८ गतेसम्म चल्ने उक्त महोत्सवमा देश भरबाट विभिन्न व्यापारिक तथा सेवामुलकका ३ सय १३ वटा स्टलहरु रहने भएको त्रिपाठीले बताए । महोत्सवमा अटो तर्फ १०, फुडफेष्टीवलमा १६, कृषि तर्फ २५, हस्तकलातर्फ १५, मेसिनरी तर्फ २९, फेन्सी तथा लक्ता कपडाका स्टल एक सय २२, खाद्य तथा साधारण तर्फ ६०, डेरी तर्फ १२, कर्पोरेटतर्फ २४ वटा स्टल रहने त्रिपाठीले बताए । यस अघि भण्डारढीक सैनिकवस्तीमा रहेको प्रस्तावित रंगशालामा हुदै आएको उक्त महोत्सव यस बर्ष तालचोकको स्थानीय कृषकको खेतमा हुने भएको हो ।

११ दिनसम्म चल्ने महोत्सवमा करिव तीन लाख दर्शक भित्राउने लक्ष्य राखिएकोमा संयोजक त्रिपाठीले बताए। उक्त महोत्सवमा करीब २० करोड बरावरको आर्थीक कारोवार हुने अपेक्षा गरीएको उनले बताए। महोत्सव संचालनबाट करिव ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि ८० लाख खर्च भई १० लाख वचत गर्ने लक्ष्य राखिएको प्रचार प्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीले बताए । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लालकृष्ण शर्मा पौडेल, नेपाल पत्रकार महासंध कास्की साखाका कोषाध्यक्ष रामप्रसाद तिमिल्सेनाले महोत्सवलाई सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्नेवचन दिएका थिए। महोत्सवको प्रबेस टिकट भ्याट सहित ६०, बिद्यार्थीहरुको लागि ४० रहेको संघका महासचिव छत्रधर आत्रेयले बताए।

“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन,विकास र संमृद्धि” भन्ने मुल नाराका साथ पश्चिमाञ्चल क्षेत्रिय औधोगिक ब्यापार मेलाको रुपमा यस बर्ष पनि सफल पार्न भिविन्न उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गरेको संयोजक त्रिपाठीले बताए । महोत्सवमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि लुकेको प्रतिभाको खोजी गायन विधाको गण्डकी तारा, छात्र, छात्राको नृत्य तथा गायन कला प्रस्फुटनका लागि चायल्ड टालेण्ट सो, खुल्ला कविता वाचन प्रतियोगिता,मातृशत्तिको सम्मानमा रत्यौली प्रतियोगिता लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु हुने भएको छ । यसै गरि सवै वर्गका दर्शकहरुलाई हुने गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुबाट लोक दोहोरी, हास्य प्रहशन, वेलुका पप कन्सर्ट हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button