माघ २७ देखि लेखनाथ महोत्सव हुने

डीएनबी,

पोखरा –

सात तालको शहर लेखनाथमा आउदो माघ महिनाको २७ गते देखि १३ औ सस्करणको लेखनाथ महोत्सव २०७३ हुने भएको छ । लेखनाथ उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा फाल्गुण ८ गतेसम्म तालचोकमा उक्त महोत्सव संचालन हुने भएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि‘‘ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवको तयारी सुरु भएको संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले बताए । आन्तरिक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना हुने महोत्सवमा स्थानीय उत्पादन, घरेलु तथा साना उद्योगहरुको प्रवर्दन, आवश्यक ज्ञान, उद्यमशिलता पहिचान औद्योगिक एव दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विक्रि वितरणमा सहयोग पुग्ने भएको त्रिपाठीले बताए ।

५१ सदस्सीय कार्यसम्पादन समिति, सात सदस्यीय निर्देशन समिति, सल्लाहकार समिति र उप समितिहरु गठन गरी तयारीलाई अगाडी वढाएको उनले जनाए । प्रचार प्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीले स्थानीय उत्पादन तथा व्यवसायीहरुलाई प्राथमिकता दिने उद्देश्यले शुरुका ७ दिन स्थानीय तहका उद्योग व्यवसायीहरुलाई स्टल बुकिङ खुल्ला गरियोको बताए । महोत्सव अवधिभर तीन लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र करिब १५ देखि २० करोड बरावरको आर्थिक कारोवार हुने अपेक्षा गरीएको अधिकारीले जनाए । महोत्सव संचालनवाट संघले करिव ९० लाख आम्दानी गर्ने र महोत्सव सम्पन्न गर्नका लागि ८० लाख खर्च भई १० लाख बचत हुने अधिकारीले बताए । वचत रकमको परिचालन विगतका वर्षहरुमा जस्तै सवै सरोकारवाला संघ संस्था र सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गरिने समेत अधिकारीले बताए । कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी सल्लहाकार राममणि अधिकारीले लेखनाथ महोत्सव लेखनाथ बासीको गौरव र पहिचानसँग जोडिने भएकाले आगामी १४ औ सस्करणको महोत्सव स्थायी प्रदशनी केन्द्रको खोजी गरि दिर्घकालीन र व्यवस्थित रुपमा संचालन गर्नका लागि बेगनास तालको वाँध किनारामा रहेको खाली चौरलाई प्रस्थाव गरिएको जनाए । महोत्सवको मुख्य प्रायोजकमा एड्भान्स ग्रुपको अरनिको आवु खैरेनी सिमेन्ट रहने भएको छ ।

नेपाल सरकार, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, लेखनाथ नगरपालिकाको सह आयोजक तथा पशुपक्षी बजार प्रवर्दन निदेशनालय, कृषि प्रवद्र्धन रहि संचालन हुने पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७३ ले आर्थिक तथा सामाजिक क्षेत्रमा टेवा पुर्याउने भएको अधिकारीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button