पोखरामा एलआइसी नेपालको अभिकर्ता उत्प्रेरणा कार्यक्रम

पोखरा न्युज –

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई प्रोत्साहन गर्न पोखरामा अभिकर्ता उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ  ।

एलआईसी नेपाल पोखरा शाखाको आयोजनामा पोखरामा सोमबार आयोजन भएको उक्त कार्यक्रममा एलआईसी नेपालकै निमिक्त कार्यकारी अधिकृत अभिजितघोष दाश्विदारले एलआईसी नेपाल हालसम्म नेपालकै उत्कृष्ट विमा कम्पनिको रुपमा स्थापित हुन सफल भएको दाबी गरे । बिमा गर्ने र गराउनेहरुको लागी धेरै फाईदा हुने बताउदै उनले नेपालमा सवै भन्दा बढी कर तिर्ने विमा कम्पनी मध्य एलआईसी नेपाल नै भएको जनाए । उनले भने “ एलआईसी नेपालको नेपालमा राम्रो भएको हुनाले आम जनताको विश्वास जित्न सफल भएको छ । ” कम्पनिले दिएको लक्ष्य पुरा गर्ने यस बर्ष ईण्डोनेसिया जाने १६ जनालाई उनले खादा लगायर अझ राम्रो गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा पोखरा शाखाका प्रमुख गणेश उप्रेतीले बर्ष भरी भएको कार्यविवरण तथा आगामी बर्षको लक्ष्यको बारेमा अभिकर्तालाइ जानकारी गराएका थिए । कार्यक्रममा विमा अधिकर्ता संघ एल आईसी नेपालका अध्यक्ष रुक बहादुर गुरुङ, एजेन्सी म्यानेजर सकरात्मक केदारनाथ अधिकारी, उत्कृष्ट अभिकर्ता बिष्णु रानाभाट, संघका उपाध्यक्ष सुसिल ढुंगना लगायतले नेपालमा थप आउन लागेका १० विमा कम्पनिले गर्दा नेपालको विमाको बजारमा थप चुनौती हुने बताए ।

कार्यक्रममा करिब २ सय जना अभिकर्ताको सहभागिता रहेको एजेन्सि म्यानेजर गोविन्द खड्काले बताए । नेपालमा हाल ९ वटा जिवन विमा कम्पनिहरु रहेका छन भने थप १० कम्पनी आउने भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button