लायन्स क्लव अफ पोखरा लेकभ्यालीद्वारा ३५ पिन्ट रगत संकलन

पोखरा –

लायन्स क्लव अफ पोखरा लेकभ्यालीको आयोजनामा पोखरा– ६, खहरे चोकमा विहिवार भएको खुल्ला रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि व्लड डोनेसन कमिटि चेयरपर्सन एम जे एफ लायन किशोर वराल ले पहिलो रक्तदाता राम प्रसाद गौतमलाई व्लड व्याग हस्तान्तरण गरि उदघाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि वराल , खहरे आमा समुहकी अध्यक्ष नानीमाया सिग्देल लगाएतले रगतको विकल्प रगत नै भएको भन्दै रक्तदानको महत्व वारेमा वोलेका थिए ।

blood-donation

कार्यक्रममा महेन्द्र केसी, यसोधरा दुरा, गोमा ढकाल, संदिप आचार्य र रामशरण लामा लगाएतले प्राविधिक सहयोग गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि किशोर वराल तथा अतिथि रिजन चेयरपर्शन कृष्णवहादुर अधिकारीले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

क्लवका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुवास सुवेदीले र स्वागत मन्तव्य द्धितीय उपाध्यक्ष राजेन्द्र कोईरालाले तथा कार्यक्रमको संयोजन कपिल सिग्देलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button