कलेजो प्रत्यारोपण अब भयो सजिलो

पोखरा न्युज –
हाम्रो देशमा कलेजोको समस्या दिन प्रतिदिन बढीरहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणहरु मध्ये नवौं स्थानमा रहेको एक कारण लिभर (कलेजो)को समस्या पनि हो । चिकित्सा विज्ञानमा भएको नयाँ श्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ ।

एउटा नयाँ रिपोर्टः
मोटोपन, मधुमेह रोग, अनुचित आहार र सुस्त जीवनशैलिको कारणले कलेजोमा बोसो जम्मा हुन जान्छ जसको कारणले (जाँड रक्सी) ननअल्कोहलिक कलेजको विरामी हुन सक्छ । र अत कलेजो विग्रन जान्छ । कलेजोको समस्या कुनै पनि उमेरकोलाई हुन सक्छ ।

नवजात पीडित बच्चाहरुलाई हेपाटाइटिसले गर्ने जाँड रक्सी पिउने ३०÷४० वर्षको बीचमा यो रोग लाग्न सक्छ । कलेजो प्रत्यारोपणको औषत आयु ६५ वर्ष हो । तर व्यक्तिको गतिविधिमा पनि निर्भर हुन्छ । कहिलेकाँही कलेजोले काम नै गर्दैन (लिभर फेल) त्यतिबेला कलेजो प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।

कलेजो प्रत्यारोपण
स्वस्थ लिभर, जीवित डोनर, उसको हालमा मृत्यु (वे्रन डेड) भएको तर कलेजोको समस्या नभएकोबाट कलेजो प्रत्यारोपण डोनर प्राप्त गर्न सकिन्छ । आमाशयको माथिल्लो भागमा चिरेर विग्रेको कलेजो हटाउन सकिन्छ र त्यही ठाउँमा त्यसपछि नयाँ कलेजो प्रत्यारोपण गर्न सकिन्छ र रक्तनली र वाइल डक्ससँग जोड्न सकिन्छ । प्रत्यारोपणको उपचार गर्न झण्डै १२ घण्टाको समय लाग्न सक्छ ।

कलेजो प्रत्योरोपण कसलाई जरुरी
जाँड रक्सीको कारणले विग्रेको कलेजो (अल्कोलिक सिरोसिस), लामो समयसम्म सक्रिय संक्रमण (हेपाटाइटिस बी र सी),
,जन्मजात कलेजो र वाइल डक्ट विकृति (विलरी अर्टिसीया)तथा क्युट लिभर (कलेजो) फेलियर भएका बिरामीहरूलाई ।

कलेजो क्यान्सरको रुप

प्रत्यारोपणमा विग्रेको कलेजोलाई हटाउनको लागि अथवा सामान्य डोनर कलेजोसँग बदल्नको लागि ठूलो अप्रेशन हुन्छ । जसमा आमशयको माथिल्लो भागमा सामन्य स्थितिमा राखिन्छ । अप्रेशन पूरा हुन झण्डै ६ देखि १२ घण्टाको समय लाग्न सक्छ । अप्रेशन गर्दा कम्तिमा ३ जना सर्जन, २ जना एनेश्थेटिक्स र आधा दर्जन नर्सको आवश्यकता पर्छ ।  विग्रेको कलेजोको चार प्रमुख रक्तनलीहरुलाई बिच्छेदित गरिन्छ । र कलेजोबाट अन्त शरीरमा वाइल लैजाने ट्युवलाई बिच्छेदित गरिन्छ । जसलाई वाइल डक्ट भनिन्छ । त्यसपछि नयाँ कलेजोलाई त्यसको स्थानमा राखिन्छ र अप्रेशन पूरा गर्न प्रमुख रक्तनलिहरुलाई र वाइल डक्टलाई पुनः जोडिन्छ ।

लेखक- प्रो.डा. संजय सिंह नेगी

कस्तो व्यक्ति हुनसक्छ डोनर

जीवनसाथी / नातागोता, स्वास्थ्य पूर्ण स्वस्थ भएको

१८ वर्षभन्दा माथि र ५५ वर्षभन्दा कम उमेरको हुनुपर्छ ।

शरीरको द्यःक्ष् (बडी मास इन्डेक्स) सामान्य हुनु आवश्यक छ ।

कलेजोको डोनर मोटो हुनु हुँदैन ।

डोनर हुनको लागि हेपाटाइटिस बि.÷सी. हुनु हुदैन ।

एचआईभी संक्रमण हुनु हुँदैन ।

धेरैजसो जाँडरक्सी अत्याधिक सेवन गर्ने हुनु हुँदैन ।

लागुपदार्थ सेवन गर्ने हुनु हुँदैन ।

मानसिक विरामी हुनु हुँदैन ।

परिवारको कुनै पनि सदस्य वा पुर्खाैलीमा क्यान्सर हुनु हुँदैन ।

सफलता प्रतिशत
आजभोली जिवीत व्यक्तिको शरीरबाट कलेजोको एक टुक्रा काटेर पीडित व्यक्तिको शरीरमा पत्यारोपण गर्न सम्भव छ । डोनर प्रत्यारोपण कलेजोको आकारको आधारमा दायाँ भाग –लगभग ३५–४०%) र दयाँ भाग ६०–६५ % निकालिन्छ । डोनरको शरीरमा रहेको कलेजोको भाग ६–८ हप्तामा आफै मौलिक अकारमा आउँछ । परीक्षण र सर्जिकल प्रकृयाबाट सम्बन्धित समाचार हुन र डोनरको मृत्यु आशंका ०.२–०.५% सम्म हुन्छ ।

क्याडेबर प्रत्यारोपणको स्थितिमा
युएई÷यूएसमा यो प्रचलन प्रचलित छन् । दुर्भाग्य वस नेपाल भारतमा मृत डोनरको कलेजो उपलब्ध न्युन छ । आफ्नो संचार समूहको आधारमा आफ्नो नयाँ कलेजो प्राप्त हुन १२–३६ महिनासम्म लाग्छ । यो समयको दौरानमा व्याक्टेरियाको समस्याले संक्रमणको ब्याक्टेरियल पेरिटोनिटिस जस्तो समस्या देखिन सक्छ र बारम्बार भएमा समस्या आउन सक्छ । कलेजो काम नगर्ने परिस्थितिमा कलेजोले सुचारु कार्य नगर्दा धेरै समस्याहरु आउँछन् । जसमा कुपोषण, रक्तअल्पता, आमशयबाट रक्तश्राव, पोलियो, मष्तिष्क र किड्नी संक्रमण हुन सक्छ ।

 

  लेखक- प्रो.डा. संजय सिंह नेगी
विश्वविख्यात कलेजो प्रत्यारोपण सर्जन
कलेज अफ मेडिकल साइनसेज, भरतपुर
बिएलके सुपर स्पेशियालिटी अस्पताल, नयाँ दिल्ली

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button