दोस्रो चरणको निर्वाचनका लागि आज ८ बजे देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता

पोखरा न्युज –

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज  बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तय गरिएको छ ।

दोस्रो चरणमा असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन हुदैछ ।  १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २सय १५ गाउँपालिकामा  दोश्रो चरणको निर्वाचन हुदैछ जसबाट  १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन। ४ हजार ५सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७सय ६५ मतदाता रहेका छन्  ।

 

उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा कसैले पनि अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने आयोगले जनाएको छ ।

उम्मेदवारी दर्तास्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन र उम्मेदवारी दर्ता सहज, सरल एवम् सुरक्षित ढङ्गले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई पनि निर्देशन दिइसकिएको जनाइएको छ ।

 

दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइसकेको छ  ।

आयोगले उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button