सम्बृद्ध पोखरा बनाउने अभियानमा कलाकारको स्वर र भाकाको साथको खाचो – मेयर जिसी

पोखरा –

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले कलाकारहरुले  सम्बृद्ध महानगरपालिका वनाउने अभियानमा स्वर र भाकाले साथ दिन आग्रह गरेका छन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति गण्डकीले आइतबार पोखरामा आयोजना गरेको बधाई कार्यक्रममा वोल्दै मेयर जिसीले महानगरपालिका वासिको आर्थिक समृद्धिको अभियानमा आफु लागेकोले त्यसलाई साथ दिन कलाकारले आफनो स्वर र भाकाले साथ दिन आग्रह गरेका हुन । उनले भने “ महानगरपालिकाका हरेक गतिविधिलाई कलाकारले भाका र स्वारमा साथ दिने हुने छ, समाजका हरेक क्षेत्रले साथ र सहयोग दिनु पर्दछ । ” मनोरन्जनलाई उद्योगको रुपमा विकास गराउने अभियानमा आफुहरुले सरकार पक्षसंग छलफल गरी अघि बढ्ने समेत उनले बताए ।

प्राविधिक कारणले गर्दा क्यालेण्डर सार्वजनीक गर्ने दिन यस अघि नजुटेको समितिले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङ, लमजुङ वेशिशहर ८ का वडा अध्यक्ष पवित्रा थापा लोकदोहोरीमा समेत आवद्ध भएको भन्दै उनीहरुलाई समेत सम्मान गरिएको थियो । पोखरा लेखनाथ महानगरपालीकाका उपमेयर मन्जुदेवि गुरुङ ज्वरो आएका कारणले गर्दा कार्यक्रममा उपस्थित हुन नसकेको मेयर जिसीले बताए । समितिका प्रमुख संरक्षक दोकदोहोरी गायक प्रजापति पराजुली, समितिका अध्यक्ष शंकर विरही गुरुङ लगायतले मेयर जिसी, वडा अध्यक्षहरुलाई बधाई पत्र समेत ज्ञापन गरेका थिए ।

कार्यक्रममा चिनारी थकाली भान्छा घरका संचालक अमला भट्टचन गुरुङले मेयर जिसीलाई दुवोको मालाले बधाई ज्ञापन गरेकी छन। त्यसै गरी विभिन्न संघ संस्थाका व्यक्तिले मेयर जिसीलाई खादा तथा मालाले बधाई ज्ञापन गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समितिका केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, समिति गण्डकीका बरिष्ठ उपाध्यक्ष सिता केसी, महासचिव सुरेन्द्र गुरुङ लगायतले वोलेका थिए । उक्त अवसरमा क्यालेण्डर समेत सार्वजनीक गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button