पोखरा महानगरका नवनिर्वाचित प्रतिनिधिलाई लोकतान्त्रिक यातायात व्यवसायीद्वारा सम्मान

पोखरा-

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले नेकपा एमालेका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकामा नवनिर्वाचित मेयर तथा अन्य प्रतिनिधिलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

उक्त अवसरमा बोल्दै नवनिर्वाचित मेयर मानबहादुर जिसीले पोखरामा यातायात क्षेत्रलाई व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँदेखि शहरसम्मका सबै बाटोलाई स्तरउन्नति गरिने उनले बताए । ‘सबै ठाउँमा सहज रुपमा यातायात सञ्चालन गर्ने वातावरण तयार हुन्छ,’ उनले भने ।

महासंघका केन्द्रीय सदस्य धर्मराज अधिकारीले यातायात र सडकलाई व्यवस्थित गर्न महानगरले पहल गर्नुपर्ने बताए । संगठनका केन्द्रीय उपाध्यक्ष योगेन्द्रबहादुर केसीले विज्ञहरुलाई सहभागी गराएर यातायात प्राधिकरण गठन गर्न आग्रह गरे । कार्यक्रममा मेयरका साथै एमालेबाट विजयी भएका पोखराका विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुलाई पनि सम्मान गरिएको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष योगेन्द्र बहादुर केसीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संगठनका भूपू केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button