तमु धि नेपाल च्ह्य ल्होछार सडक दौड प्रतियोगिता सम्पन्न

पोखरा-

सडक दौडमा राजेन्द्र, सजिना, कृष्ण र हिमाली तमु समाज प्रथम

च्ह्य ल्होछार सप्ताहव्यापी कार्यक्रम अन्र्तगत तमु समाज युकेद्धारा प्रायोजित तमु धिं नेपालद्धारा विहीवार बिहान आयोजित सडक दौड प्रतियोगितामा राजेन्द्र न्यौपाने, सजिता तामाङ, कृष्णबहादुर तमु र हिमाली तमु समाज प्रथम भएको छ ।प्रतियोगिता अन्र्तगत चारवटा इभेण्टहरु मध्ये १० किलोमिटर खुल्ला दौडमा संखुवासभाका राजेन्द्र न्यौपानेले ३२ मिनेट ३६ सेकेण्डमा दौड पुरा गरी ७ हजार रुपैया, कैलालीका किरणसिंह बोगटीले ३२ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै दोश्रो र छोरेपाटनका विक्रम भुजेलले ३३ मिनेट १६ सेकेण्डमा दश किमी पुरा गर्दै क्रमशः७ हजार, ५ हजार र ३ हजार नगदसहित मेडल, प्रमाणपत्र हुनुभयो ।यसरी नै महिला ५ किमी छौड प्रतियोगितामा धादिङकी सजिना तामाङले १८ मिनेट ५८ सेकेण्डमा दुरी पुरा गर्दै प्रथम, हल्जेभाई तमु समाज ढिकुरपोखरीकी बुद्धि तमुले १९ मिनेट ३५ सेकेण्डमा दुरी पुरा गरी दोश्रो र हेम्जाकी अनुषा अधिकारीले १९ मिनेट ५७ सेकेण्डमा दुरी पुरा गरी तेश्रो स्थान हासिल गर्दै ७ हजार, ५ हजार, ३ हजार र मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।

यसै गरी ५ किमी दुरीको ४५ वर्ष माथिका भेट्रान इभेण्टमा हिमाली गुरुङ परिवारका कृष्णबहादुर तमुले २१ मिनेट ५४ सेकेण्ड, कोल्माबहाकोट तमु समाजका सुवेदार जितबहादुर तमुले २२ मिनेट ४६ सेकेण्डमा दोश्रो र दुधपोखरी तमु समाजका डम्बरजंग तमुले २२ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै क्रमश प्रथम, द्धितिय र तृतिय हुदै ७ हजार, ५ हजार, ३ हजार र मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।५ किमी टिम इभेण्टमा हिमाली गुरुङ परिवार प्रथम, दुधपोखरी तमु समाज दोश्रो र चारभञ्ज्याङ तमु समाज तेश्रो हुदै ७ हजार, ५ हजार, ३ हजार र मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।दश किमी सडक दौड पोखरा ९ नयाँबजारबाट शुरु भई लखनचोक, एयरपोर्ट, मुस्ताङचोक, तमु ह्युलाचोक विरौटाबाट सिर्जनाचोक हुदै न्युरोड, विपीचोक चिप्लेढुंगा, भिमसेनचोक महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको कार्यालयमा आई समापन भएको थियो भने ५ किमी सडक दौड नयाँबजारबाट शुरु भई लखनचोक, सिर्जनाचोक हुदै न्युरोड, विपीचोक चिप्लेढुंगा, भिमसेनचोक महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको कार्यालयमा आई समापन भएको थियो ।प्रतियोगिताका प्रमुख अतिथि कास्की जिल्लाका प्रहरी प्रमुख उपरिक्षक धनश्याम अर्यालले झण्डोत्तलन तथा सिढी बजाएर दौडको उद्घाटन गर्नुभएको थियो ।

विजेताहरुलाई प्रमुख अतिथि एसपी घनश्याम अर्याल, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु समाज युकेका प्रतिनिधी मेजर लक्ष्मीप्रसाद तमुले पुरस्कार वितरण गर्नुभएको थियो ।प्रमुख अतिथी एसपी अर्यालले शुभकामना व्यक्त गर्नुहुदै सामाजिक सेवाका लागि गठित तमु धिं नेपाल राष्ट्रका लागि धेरै योगदान पुर्याउदै आइरहेको भन्दै प्रशंसा गर्नुभयो । दौडमा विजेता धावकहरुलाई बधाई ज्ञापन गर्नुहुदै प्रायोजक तमु समाज युके र आयोजक तमु धिं नेपाललाई प्रतियोगिताको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।कार्यक्रममा सबैभन्दा जेष्ठ ७३ वर्षीय तमु सहयोग समिति पार्दीका लिलबहादुर तमुलाई सम्मान गरिएको थियो ।तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षता महासचिव गिरीप्रसाद तमुको सञ्चालनमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सरस्वती तमु, द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, सहसचिव दुर्गाबहादुर तमुले समेत कार्यक्रममा बोल्नुभएको थियो । उक्त कार्यक्रममा मेची स्पेसल सिटीसी चियाको तर्फबाट टिसर्ट र चियाको सौजन्य भएको थियो ।यसै गरी च्ह्य ल्होछारको अवसरमा तमु धिं नेपालले स्योकैं सम्पन्न गरेको छ । स्योकैंको प्रायोजन तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले गर्नुभएको महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button