कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा जोड

पोखरा न्युज – 

कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आव २०७४-७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिनुभयो ।

गाउँपालिकाको आव २०७४-७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएको बताउँदै उहाँले सबैको सहकार्यमा विकास निर्माणका योजना अघि बढाइने उल्लेख गर्नुभयो ।

सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेष गरी बन्जीजम्प, क्यानोनिङ, रयाफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ र रक क्लाइमिङ्कजस्ता साहसिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ ।

विश्वप्रसिद्ध माछापुच्छ्रे हिमालको काखमा रहेर पाँच सय ४४.५० वर्ग किमी क्षेत्रफलमा पैmलिएको नौवटा वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button