खुला मादल प्रतियोगिता साउन १२ मा

 

पोखरा न्युज –

नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ ।

स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार सहित ट्रफी, पदक र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर ह्याल्मोले बताउनुभयो ।

प्रतियोगितामा विधागत उत्कृष्ट मौलिकता, सिर्जनात्मक र लोपोन्मुख पौराणिकतालाई जनही रु पाँच हजारबाट समेत पुरस्कृत गरिने छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button