विधुतलाईन विस्तार र समाजघर निर्माणमा योगदान पु¥याएको भन्दै मगर र भजुेल सम्मानित

पोखरा –
पोखरा १४ चाउथेमा रहेको स्वागत टोलविकास संस्थाले आफ्नो तेस्रो बार्षिक साधारण सभा एवं प्रथम अधिवेशनको अबसरमा माओबादी केन्द्रका पोलीट ब्युरो सदस्य एंव टोलका सल्लाहकार बाला सिंह काउछा मगर र टोलका देवी भुजेल थापा लाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रस्तावित पोखरा महानगरपालिकका कार्यकारी अधिकृत नबराज ढुङगानाले दोसल्लाह ओढाएर उहाँहरु लाई सम्मान गर्नुभएको हो ।

काउछा मगरले विधुत लाईन विस्तारमा र भुजेलले समाज घर निर्माणमा योगदान पु¥याएको भन्दै सम्मान गरेको टोलले जनाएको छ । यस्तै एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने टोलका बाबुनानीहरु संगै अभिभावक लाई पनि सम्मान गरीएको थियो । प्रथम अधिवेशनले पुनं सुवेदार देवी बहादुर केसीको अध्यक्षता नयाँ कार्यसमिति निर्बाचित गरेको छ । टोलको उपाध्यक्षमा सुवेदार मेजर देब बहादुर राना, सचिवमा क्यापटेन कृष्ण बहादुर थापा, कोषाध्यक्षमा लालकाजी गुरुङ रहनुभएको छ । सदस्यहरुमा भवानी प्रसाद पौडेल, बाबी श्रेष्ठ,सुनिता थापा, गिता थापा, दिपा छिमाल र सविता बराल रहनुभएको छ । सल्लाहकारमा बालासिंह काउछा मगर,क्षेत्र बहादुर बराल र माया बराल चयन हुनुभएको बताइएको छ ।

उदघाटनको अबसरमा कार्यक्रमका प्रमुख अतिथि प्रस्तावित पोखरा महानगरपालिकाका कार्यकारी अधिकृत नबराज ढुङगानाले घर टोलको विकास हुदै देशको विकास हुने भन्दै टोलबासीहरुको एकतालेनै टोलको विकास सम्भव हुने बताउनु भयो । उहाले प्रस्तावित महानगरको तर्फ बाट टोललाई गर्नुपर्ने सहयोग सधै रहने बताउनु भयो ।कार्यक्रममा सम्मानित बाला सिंह काउछा मगरले सम्मानले बढि जिम्मेवारी थपीएको महसुस भएको बताउनु भयो । उहाँले टोलको विकासको लागि सधै निरन्तर लागिरहने बताउनु भयो ।

कार्यक्रममा पोखरा पब्लिक स्कुलका कृष्ण केसी, टोलका सल्लाहकार क्षेत्र बहादुर बराल,कास्की आवाजका अध्यक्ष सरस्वती गुरुङ, रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेय,स्वागत दिदि बहिनी समाजका अध्यक्ष विमला बस्याल, स्वागत टोल विकास संस्थाका उपाध्यक्ष देब बहादुर राना, बेलचौतारा टोल विकास सस्था, सुयौदय टोल विकास संस्था लगायतको टोल विकास सस्थाका अध्यक्षहरुले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रम देवी बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button