पोखरामा मागी जात्रा : माघी जात्रा एक साँस्कृतिक धरोहर : पोखरामा एक शताब्दी पार

 

पोखरा-

पौष शुक्ल पुर्णीमा देखी माघ शुक्ल पुर्णीमा सम्म गरिने माघी जात्रा पोखरामा जारी रहेको छ । साँस्कृतिक रुपमा निकै महत्वका साथ लिईने माघी जात्रामा बुधबार पनि कयौन पोखरेलीहरु एकसाथ सहभागी भएका छन् ।

लोपोन्मुख संस्कृतिका रुपमा रहेको उक्त जात्रा पोखरामा भने निकै लामो समयदेखी निरन्तर गरिदै आएको उनिहरुको तर्क छ । उनिहरुका अनुसार पोखरामा यो जात्राले एक शताब्दी पार गरेको छ ।

साँस्कृतिक धरोहरको रुपमा रहेको माघी जात्रा लोप हुनु साँस्कृतिक रुपमा एउटा ईतिहासको अन्त्य हुने उनहरुले टिप्पणी गरेका छन् । तर, यसलाई हराउन नदिन यसको उत्थान र प्रवद्र्धनमा निरन्तर लाग्नु पर्नेमा उनिहरुको जोड छ ।

पोखरेली नेवार समुदायले माघी जात्रा संगै भैरव संस्कृति, तायमचा, मालश्री लगायत पुराना नृत्य संरक्षणमा निकै उत्साहकजनक सहभागीता जनाउने गरेको छ । तर, पछिल्लो समय परम्परा संस्कार र संस्कृति हराउँदै गएको प्रति बुढापाकाहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

माघी जात्रामा संस्कृतिक मौलिकता छ, अग्रज संस्कृतिकर्मीहरु भन्छन्, यसको जिवन्तताको लागी युवा पुस्तालाई पनि आवाश्यक ज्ञान दिनु जरुरी हुन्छ । माघी जात्राले श्री स्वस्थानी र धार्मीक रुपमा पनि विषेस महत्व राख्ने अग्रजहरुले तर्क गरेका छन् । यसलाई श्रीस्वस्थानी वर्तकथा सुरु हुने दिनदेखी ने समापनको दिन सम्म मनाउने गरिन्छ । भजनकृतका साथ माघी जात्रा एक महिना सम्म गर्ने गरिन्छ ।

पोखराको विभिन्न चोकहरुमा माघी बोकेर जात्रामा निस्केका अधिकांस नेवार समुदायका जस्ता देखिएपनि यसलाई सवैको पर्व भन्छन्, उनिहरु । यसको संरक्षणका लागी आम समुदाय एक भएर लाग्नु पर्नेमा सहभागीहरुको जोड छ । यसले नेपाली संस्कृतिको गरिमा थप उचो पारेको संस्कृतिकर्मीहरुको बुझाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button