महावीर पुनलाई सरकारले डेढ करोड अनुदान दिने

पोखरा न्युज –

सरकारले तिलगंगा आँखा अस्पताल र महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई क्रमश: १० करोड र डेढ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा उक्त दुई निकायलाई बजेट दिने व्यवस्था गरी वितरण गर्ने निश्चित भएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । सुचना प्रविधिको विकास अभियानमा लागेका पुनले सरकारबाट सहयोग नभएको भन्दै आफैले प्राप्त गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिक्रीमा राखेको घोषणा गरिसकेका छन् ।

तिलगंगास्थीत नेपाल आँखा केन्द्रले सरकारी सहयोग नपाएको गुनासो गर्दै आएको थियो । यि दुवै निकायलाई अनुदानस्वरुपम उक्त रकम दिने भएको मन्त्री जोशीले बताए ।

‘आँखाको लेन्स उत्पादन गरी निर्यात गरेर संसारमा पहिचान कमाउन सफल केन्द्रलाई थप विकास गर्न १० करोड रुपैयाँ सहयोग गर्ने भएका हौ,’ जोशीले बिहिबार पत्रकार सम्मेलनमा भने । उक्त सहयोगपछि उत्पादित आँखाको लेन्स नेपाल भित्र बिक्री गर्दा सहुलियत दरमा आम नागरिकलाई उपलब्ध गराउने र बढी भन्दा बढी देशमा निर्यात गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

 

सुचना प्रविधिको क्षेत्रमा कार्यरत पुनको आविष्कार केन्द्रलाई दिने भनिएको डेढ करोड रुपैयाँ अर्को महत्वपूर्ण निर्णय भएको मन्त्री जोशीले बताए । ‘पुनले पाएका मेडल बिक्री गर्नुपरेको खबर पत्रपत्रिकामा पढियो,’ मन्त्री जोशीले भने, ‘म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डाक्टर पुनको आविश्कार केन्द्रसँग पनि उद्योग मन्त्रालयले सहकार्य गर्ने गरी रकम दिने घोषणा गरेका हौ ।’

नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने गरी उक्त रकम दिने भएको जोशीले बताए ।

स्रोत – कान्तिपुर –  https://kantipur.ekantipur.com/news/2017-06-01/20170601202532.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button