काठमाण्डौवाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा क्षति

पोखरा न्युज –

गोसाइँकुण्डका लागि यात्रु लिई काठमाण्डौवाट  उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ ।

छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् ।

हेलिकप्टर मर्मत गरी काठमाण्डौ लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाण्डौबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button