मनाङलाई १५ औं आहा रारा गोल्ड कपको उपाधि, सहाराका सुजित उत्कृष्ट खेलाडी

पोखरा –

लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवले यस बर्षको पनि आहा रारा गोल्ड कपको उपाधि जित्न सफल भएको छ । पोखरा रंगशालामा करीब १२ हजार भन्दा बढी दर्शकहरु माझ शनिबार भएको फाइनल खेलमा सहारालाई १–० ले पराजित गर्दै मनाङले आहा रारामा सर्वाधिक सफलता हासिल गर्ने टिमको रुपमा स्थापित गर्न सफल भएको हो ।

मनाङको जितमा म्यान अफ दी म्याच घोषित कमल श्रेष्ठले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेका हुन । उनले करीब २५ यार्ड नजिकबाट सेकेण्ड वार च्याप्दै गोल गरेका हुन । डिफेण्डिङ च्याम्पियन मनाङ उपाधि सहित ५ लाख एक हजार पुरस्कार प्राप्त गर्न सफल भयो । १२ औं आहा रारामा १–० ले फाईनल खेलमा मनाङलाई पराजित गर्दै आहा राराको ईतिहासमा पहिलो पटक उपाधि जितेको सहाराले पुनः उपाधि जित्ने होडमा मैदानमा उत्रिए पनि गोल गर्ने केहि अवसर खेर जादा यस बर्ष उपविजेता मै सिमित हुनु पर्यो । सहाराले २ लाख ५१ हजार साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्यो । आहा राराको तीन पटक फाईनलमा पुगेर यस पटक सहित सहाराले दुई पटक उपविजेता भएको छ । उसोत हालै सम्पन्न भएको हेटौडा गोल्ड कपमा मनाङले सहारालाई सेमिफाईनलमा पराजित गरेको थियो । सहारालाई भने हटौंडा गोल्ड कपको वदला लिने घरेलु मैदानमा अवसर प्राप्त भए पनि खेलको ५१ औं मिनेटमा दुर्भाग्य निम्तियो । सहाराका हेमन गुरुङले करीब पेनाल्टी एरिया नजिकबाट पोष्टमा चार्ज गरेको वल क्रसवारमा लागेर रिवाउण्ड भएको थियो । यस अघि अजय माजिन्सले पोष्टमा प्रहार गर्दा विपक्षी गोलरक्षक दिनेश थापा मगरको हातबाट रिवाउण्ड भएको वललाई पुनः गुरुङले पोष्टमा प्रहार गर्दा वल सदुपयोग हुन नसक्दा सहारालाई दुभाग्य निम्तिएको थियो । आहा रारामा हालसम्म ९ पटक फाईनलमा यात्रा गरेको मनाङले दोश्रो, तेश्रो, १० औं, १४ र १५ औं संस्करणको उपाधि सहित ५ पटक विजेता भएको छ । यो सफलता आहा रारामा सर्वाधिक बढी उपाधि जित्ने टिमको रुपमा रहेको छ । थ्रि स्टार र पुलिसले ४÷४ पटक उपाधि जितेका छन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सहाराका सुजित गुरुङले हात पार्न सफल भएका छन । उत्कृष्ट खेलाडी घोषित भएका गुरुङलाई एक थान  स्कुटर  प्रदान गरीएको छ ।

त्यसै गरी प्रतियोगितामा अनुसासित टिम झापा ११ घोषित भयो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक सहाराका सुजित गुरुङघोषित भए।

उत्कृष्ट डिफेन्समा मनाङका कमल श्रेष्ठ घोषित भए ।

उत्कृष्ट मिडफिल्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट स्टाईकरमा सहाराका शिव सुवेदी, उत्कृष्ट प्रशिक्षकमा सहाराका किरण श्रेष्ठ घोषित भए ।

सर्वाधिक गोल कर्ताको उपाधि झापा ११ का कर्ण लिम्वुले हात पार्न सफल भए । प्रतियोगितामा उनले ३ गोल गरेका हुन । सर्वाधिक ३ गोल लिम्बुले उपाधि सहित नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने अन्य विधामा पुरस्कृत भएका व्यत्तिहरुले जनहि १५÷१५ हजार पुरस्कार प्राप्त गरे ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले फाईनल खेल राम्रो प्रर्दशन गर्दा गर्दै मनाङको  दिन भएकोले आफुहरु पराजित हुनु परेको बताए । उनले भने “ आजको खेल राम्रो हो, मनाङको दिन रैछ, हामीले पोष्टमा प्रहार गरेको वल क्रस वारमा लागेर फर्किनु नै हाम्रो लागि दुर्भाग्य सुरुवात भएको थियो । ” मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफुहरुसंग राष्ट्रिय तथा अनुभवी खेलाडीहरु भए पनि खेलाडीहरुले सोच जस्तो खेल्न नसकेकोले कठिन जित भएको बताए । उनले भने “सहाराले डिफेन्सिप खेलेर हामीलाई डिफेन्सिप चिर्न भने निकै कठिन भयो । ”

विजयी खेलाडीहरुको टिमलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्का, सांसद विकास समितिका सभापति रविन्द्र अधिकारी, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बराल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, पृथ्बीराजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसी लगायतले विजयी खेलाडीहरुको टोलीलाई पुरस्कार वितरण गरेका हुन ।

हिमश्री फ्ड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरामा संचालन भएको हो । फाईनल खेलको लागि दर्शकले एक सय ५० रुपैया प्रबेस शुल्क तिरेका हुन । अन्य दिनमा एक सय रुपैया तिरेका थिए । प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन टिम सहितको नेपालका चर्चीत क्लवहरुको गरी १२ टिमको सहभागितामा यही माघ ४ गते देखि प्रतियोगिता सुरु भएको प्रतियोगिता संयोजक केशवबहादुर थापाले बताए ।

नेपाल टेलिकमको तर्फबाट प्रतियोगिता अवलोकन गर्न प्रबेश टिकट काटेर गएका दर्शकहरुलाई ५० रुपैया व्यालेन्स सहितको सिम कार्ड वितरण गरीएको थियो । क्लवका अध्यक्ष विरभद्र आचार्यले आहा रारा गोल्ड कप सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका छन ।

पोखरा रामबजार निवासि संगिता रानाले भाग्य शालि दर्शक हुदै एक तोला सुनको औंठी हात पार्न सफल भईन । उनको प्रबेस टिकट नम्बर ६०२४५ रहेको थियो । त्यसै गरी ७०५३५ नम्वरको भाग्यशालि दर्शकलाई एल जी टेलिभिजन पुरस्कार दिने घोषणा गरेको महासचिव केशवराज बरालले बताए । हरेक दिन प्रबेश टिकटमा भाग्यशालि दर्शकलाई एक थान माईक्रोम्याम्स मोवाईल वितरण गरीएको थियो ।

एकै टिमका खेलाडी १५ बर्ष पछि विपक्षि टिमको कप्तानको भुमिकामा

सायद विरलै हुने यस्तो ईभेन्ट संजोगले १५ औं आहा रारा गोल्ड कपको फाईनल खेलमा देख्न पाईयो । सहारा क्लवले सुरुवातमा संचालन गरेको सहारा एकेडेमी २०५८ सालमा सहभागि भएका एकै एकेडेमीका खेलाडी विगत १५ बर्ष बर्ष पछि आहा राराको फाइनल खेलमा विपक्षि र टिम कप्तानको रुपमा उत्रिएका थिए । मनाङका अनिल गुरुङ र सहाराका विष्णु गुरुङले यस्तो भुमिका निर्वाह गरेका हुन । सहाराका कप्तान उत्तम गुरुङ खेलको करीब ६५ औं मिनेटमा मैदानबाट अन्य खेलाडीलाई अवसर दिन मैदानबाट बाहिर निस्केपछि विष्णु गुरुङले कप्तानको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका हुन । मनाङका कप्तान अनिलले एउटै टिममा सहभागि भएको खेलाडी कुनै जिम्मेवारमा पुगेर विपक्षि भएर त्यस माथि कप्तानको भुमिका निर्वाह गर्दा आफुलाई निकै खुसि लागेको बताए । उनले भने “ यस्तो प्राय कम हुने गर्दछ, तर म मेरो भुमिका निभाउन कुनै टिमको प्रतिनिधित्व गरे पछि निस्चित समयमा कुनै साथीभाई, दाजुभाई कुनै सम्वन्ध हुदैन मात्र हुन्छ मेरो क्लवको भुमिकामा म मेरो कतव्र्य निर्वाह गर्नु पर्दछ र त्यो गरे पनि । ” त्यस्तै विष्णु गुरुङले अनिल गुरुङ एकेडेमीमा हुदा सिनियर खेलाडी भए पनि डेढ दशक पछि विपक्षि टीमको कप्तानमा मैदानमा उत्रिने अवसर पाएकोमा आफु निर्क हर्सित भएको बताए । उनले भने “तर हामी कुनै खेल खेल्दा यस्ता कुराले खासै फरक पार्दैन ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button