मनिपाल मेडिकल कलेजका डाक्टरले फेरि पढाउन छाडे

पोखरा-

मंसिर १ गतेको सम्झौतापछि पढाइ सुचारु भएको मनिपाल मेडिकल कलेजका डाक्टरले फेरि पढाउन छाडेका छन् । ३ महिना रोकिएको पढाइ सुचारु हुँदा खुसी विद्यार्थी र अभिभावक एक साता नबित्दै निराश भएका छन् ।

सम्झौता अनुसार एकमुष्ठ कार्यान्वयन हुनुपर्ने मागमध्ये २ वटालाई उधारो पारिएको भन्दै चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन् । कलेज व्यवस्थापनले भने २ महिनाभित्र मागपूरा गराउने भन्दाभन्दै बीचैमा फेरि आन्दोलन हुनु आपत्तिजनक रहेको बताएको छ । ‘हामीले ४.५ प्रतिशत तलब वृद्धि गरिसकेका छौं,’ कलेजका प्राचार्य बिएम नागपालले भने ।

विद्यार्थीहरुले प्रशासन र शिक्षकहरुको लडाइँका बीचमा आफूहरु परेको दुखेसो पोखेका छन् । उनीहरुले आफ्नो एक वर्ष नै गुम्ने गरीपढाइ अवरुद्ध भएको भन्दै मानसिक पीडा बेहोरिरहेको पनि सुनाए । अभिभावक जगनगुरुङले जसको जे माग भए पनि विद्यार्थीको पढाइ रोकिन नहुने बताए ।

अर्का अभिभावक विश्वप्रकाश लामिछानेले शुल्क तिरिरहँदा पनि पढाइ नहुनु दुखद भएको सुनाए । मनिपाल मेडिकल कलेजको सातौ  र नवौ सेमेस्टरका गरी ३ सय विद्यार्थीको पढाइ रोकिएको हो । भदौ ७ गतेदेखि शिक्षकहरुले आन्दोलन गरेका थिए । त्यसपछि ३ महिना उनीहरुको पढाइ भएन ।

अभिभावकको पहलमा मंसिर १ गते भएको छलफलपछि कलेज खुलेको थियो । करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने , समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने र सट्टा बिदाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो । आइतबार पढाइका सिलसिलामा सेमिनार चल्दै गर्दा आन्दोलनरत शिक्षकहरुले अवरोध पु¥याएको विद्यार्थीहरुले दुखेसो पोखेको आजको समाधान राष्ट्रिय दैनिकमा समाचार छापिएको छ   ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button