पोखराको मनिपालको विवाद सुल्झिएसंगै विहिबार देखि पठनपाठन हुने

पोखरा-

पोखरा फुलवारीमा रहेको मनिपाल शिक्षण अस्पतालमा विहिबार देखि पुनः पठन पाठन संचालन हुने भएको छ ।

चिकित्सकको तलब बढाउन सहमति भएसंगै अन्य मागहरु प्रकृयाबाट पुरा गराउने भए पछि विहिबार बाटै अस्पतालमा विगत तीन महिना देखि ठप्प रेहको पठन पाठन पुन संचालन हुने भएको अस्पताल श्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको विशेष पहलमा बुधबार अस्पताल प्रशासन, चिकित्सक, विद्यार्थी र अभिभावकबीच भएको छलफलमा सहमति भएपछि विहिबारदेखी अस्पतालको पठनपाठन सञ्चालनमा आउने भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको रोहबरमा भएको छलफलमा अस्पताल प्रशासनले अस्पतालको क्षमता अनुसार चिकित्सकको तलब बढाउन सहमति जनाएको छ । यद्यपी यति नै तलब बढ्ने भन्नेबारेमा कुनै सहमति भएको छैन । त्यस्तै, अस्थायी चिकित्सकलाई स्थायी बनाउने बारेमा शिक्षा विभाग, श्रम विभाग र केयुसँग समन्वय गरेर निर्णय लिने सहमति भएको प्रमुख जिल्ला अधिकारी मैनालीले जानकारी दिए । उनका अनुसार सट्टा बिदाका बारेमा अन्य कलेजहरुमा भएको अभ्यासलाई हेरेर लागु गर्न प्रशासन र चिकित्सक दुवै पक्ष सहमत भएका छन् ।

यसअघी मनिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले तलब बृद्धि गरिनुपर्ने, सार्वजनिक बिदामा काम गरेको दिनको सट्टा बिदा पाउनुपर्ने र अस्थायीलाई स्थायी गर्न माग गर्दै भदौ ६ गतेदेखी आन्दोलन गरेका थिए । अस्पतालका चिकित्सकहरुले कक्षा बहिस्कार गरेपछि एमविविएसको सातौं र नवौं सेमेस्टरको पढाई शुरु हुनै सकेको थिएन भने अन्य सेमेस्टरको पठाईमा समेत बाधा पुगेको थियो ।

विश्वविद्यालयको नियमानुसार ९० दिन पढाई भएर विद्यार्थीको हाँजिर भएकै हुनुपर्ने नियम भएकाले एमविविएसको सातौं र नवौं सेमेस्टरको पढाई नै शुरु नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो । भदौ पहिलो हप्ताबाटै शुरु भएको आन्दोलन नरोकिएपछि अस्पताल प्रशासनले अनिश्चितकालिन बिदाको घोषणा गरेको थियो । छठपछि पनि पढाई शुरु नभएपछि विद्यार्थीले प्रशासन गुहार्दै आन्दोलनको घोषणा गरेका थिए ।

यस बिचमा आफूले अस्पताल प्रशासन, आन्दोलित चिकित्सक, विद्यार्थी र अभिभावकसँग पटक÷पटक छुट्टाछुट्टै छलफल गरेर मंगलबार निर्णायक छलफल गर्दा सहमति जुटेको प्रजिअ मैनालीले बताए ।

फोटो- नेपाल एडमीसन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button