मणिपालमा पठनपाठन शुरु, शिक्षकद्धारा बिद्यार्थी कुटपिटको बिषय भने गुपचुप

पोखरा-
पोखराको मणिपाल शिक्षण अस्पतालमा पुनः पठन पाठन सुरु भएको छ ।

अस्पतालका शिक्षकहरुको तलव बृद्धि गर्ने र केहि दिन अघि प्रशासन समक्ष भएको सहमति कान्वयन हुने गरी वार्ता सफल भए पछि ठप्प भएको अस्पतालको पठन पाठन पुनः शुक्रबार देखि संचालनमा आएको हो । बिद्यार्थीहरुले विहिबार विहान ८ बजे देखि वार्ता टोलीलाई कोठा भित्र राखेर बाहिरबाट चुक्कुल लगाई सहमति गरी पठन पाठनको वातावरण मिलाउन धर्ना दिए पछि विहिबार वेलुका अवेर वार्ता सफल भएको हो ।

सट्टा विदा, अस्थायी कर्मचारीलाई स्थायी नियुक्ति लगायतका मागका बिषयमा त्रिभुवन विश्व बिद्यालयमा गठित समिति, काठमाण्डौंले दिएको निर्देशनमा २ महिना भित्र मागहरु पुरा गराउने सहमति भएको वार्ता टोलीमा सहभागि एक अभिभावक जगन गुरुङले बताए। अभिभावक, शिक्षक र प्रशासनका गरी जनहि ३÷३ जनाले माग पुरा गराउने बिषयमा अनुगमन निरन्तर गरीरहने भएको समेत उनले जनाए । शिक्षक र प्रशासनको विषयलाई लियर करीब ३ महिना वन्द भएर पठन पाठन सुरु भएको केहि दिन वित्न नपाउदै शिक्षकहरु आन्दोलित हुदै पठनपाठन ठप्प पारे पछि बिद्यार्थीहरुले धर्ना दिन दिदै वार्ता निष्कर्षमा पुराउन दवाद दिएका थिए । विहिबार बिद्यार्थीहरुले अस्पतालको मुल गेटमा धर्ना दिदै कुनै सेवा ग्राहिहरुलाई भित्र जान नदिए पछि सेवा समेत प्रभावित हुन पुगेको सेवा ग्राहिहरुले गुनासो गरेका थिए । बिद्यार्थीहरुले एक सुत्रिय माग आफुहरुको पठन पाठन हुनुपर्ने माग राख्दै आएका छन।

बिद्यार्थीहरुको ठुलो भिडले धर्ना दिदै चर्का नारा लगाय पछि केहि शिक्षकहरुले बिद्यार्थीहरु माथि हातपात गरेका थिए । हातपातबाट भएको घटनालाई अस्पतालमा गुपचुप राखिएको छ । शिक्षकको कुटाईले केहि बिद्यार्थीहरु सामान्य घाईते भएको बताएका बिद्यार्थीहरुले कुन बिद्यार्थी कुन कुन शिक्षकबाट कुटिए भन्ने बिषयमा आफुहरुको अन्तिम परिक्षामा शिक्षकले अंक घटाउने डरले कोहि पनि यस बिषयमा खुलेर भन्न चाहदैनन । यस बिषयमा नत प्रहरी प्रशासन नत अस्पताल प्रशासनले नै वोल्न चाहन्छन । यस्ता घटना हुदै जादा अर्को कुनै दिनमा ठुलो रुप हुन सक्ने भएकोले दोषि उपर कार्रवाही हुनु पर्ने एक थरी बिद्यार्थीहरुको माग छ ।

मनिपाल मेडिकल कलेजको सातौं र नवौं समेस्टरका गरी ३ सय विद्यार्थीको पढाइ रोकिएको हो । भदौ ७ गतेदेखि शिक्षकहरुले आन्दोलन गरेका थिए । त्यसपछि ३ महिना उनीहरुको पढाइ भएन । अभिभावकको पहलमा मंसिर १ गते भएको छलफल पछि कलेज खुलेको थियो । करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने, समय सापेक्ष तलब वृद्धि गर्नुपर्ने र सट्टा बिदाको व्यवस्था गर्नुपर्ने शिक्षकहरुको माग थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button