मणिपालका बिद्यार्थी शिक्षकवाटै कुटिएको आरोप ,आन्दोलनले अस्पताल सेवा समेत प्रभावित

डि.एन.बी. ,
पोखरा-

शिक्षक र बिद्यार्थीहरुको आन्दोलनको कारणले गर्दा पोखराको मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ ।

manipal-strike

बिद्यार्थीहरुले विहिबार दिनभरी जसो मुल गेट र प्रशासनमा धर्ना दिदै सेवा प्रभावित हुन पुगेको हो । शिक्षकहरुबाटै बिद्यार्थीहरु कुटिए पछि केहि वेर अस्पतालमा तनाव सृजना हुदा भागदौड समेत भएको बताइृन्छ । शिक्षक र प्रशासनको विषयलाई लिएर करीब ३ महिना वन्द भएर पठन पाठन सुरु भएको मनिपाल शिक्षण अस्पतालमा फेरी शिक्षकहरु आन्दोलित हुदै पठनपाठन ठप्प पारेपछि बिद्यार्थीहरुले धर्ना दिन थालेका हुन । विहिबार बिद्यार्थीहरुले अस्पतालको मुल गेटमा धर्ना दिदै कुनै सेवा ग्राहिहरुलाई भित्र जान नदिए पछि सेवा समेत प्रभावित हुन पुगेको सेवा ग्राहिहरुले गुनासो गरेका छन । बिद्यार्थीहरुले एक सुत्रिय माग आफुहरुको पठन पाठन हुनुपर्ने माग राख्दै आएका छन।

शिक्षकहरुको तलव भत्ताको बिषयमा केही दिन अघि कास्कीको जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले टुंग्याए पनि प्रशासनले तत्काल कान्वयन गर्न नसक्दा शिक्षकहरु आन्दोलित हुदा बिद्यार्थीहरुले आफुहरुको पठ्न पाउने अधिकार खोसिएको बिरोधमा धर्ना सहित वार्ता टोलीलाई कोठा भित्र राखेर बाहिरबाट चुक्कुल समेत लगाएको एक बिद्यार्थीले बताए । वार्तामा अस्पताल प्रशासन, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको छ ।

manipal-strike-2

बिद्यार्थी शिक्षकबाटै कुटिए पनि वोल्न खोज्दैनन किन ?

बिद्यार्थीहरुको ठुलो भिडले धर्ना दिदै चर्का नारा लगाएपछि केहि शिक्षकहरुले बिद्यार्थीहरु माथि हातपात गरेका छन । हातपातबाट केहि बिद्यार्थीहरु सामान्य घाईते भएको बताएका बिद्यार्थीहरुले कुन बिद्यार्थी कुन कुन शिक्षकवाट कुटिए भन्ने बिषयमा आफुहरुको परिक्षामा शिक्षकले अंक घटाउने डरले कोहि पनि यस बिषयमा खुलेर भन्न चाहादैनन । सुरक्षाको लागि खटिएको प्रहरी प्रशासन पनि यस बिषयमा अनविज्ञता प्रकट गर्दछ । अस्पताल प्रशासन तथा वार्ता टोलीका सदस्यलाई फोन गर्दा हामीले यो समाचार तयार पार्दा सम्म कसैको फोन उठेन । वार्ता टोलीमा बसेका अभिभावक विश्वप्रकाश लामिछाने, जगन गुरुङ सहितको टोलीले बिद्यार्थीहरुसंग आज वार्ता सफल भएन भोलि शुक्रबार पोखरा उद्योग बािणज्य संघमा वस्छौं भन्दा बिद्यार्थीहरुले आजै वार्ताबाट निष्कर्ष निकाल्न दवाद दिदै वार्ता अस्पताल परिसरमा भन्दा बाहिर हुन नहुने भन्दै वार्तामा वसेकालाई दवाद दिन धर्ना जारी राखेका हुन ।

मंसिर १ गतेको सम्झौतापछि पढाइ सुचारु भएको मणिपाल मेडिकल कलेजका डाक्टरले फेरि पढाउन छाडेका हुन । सम्झौता अनुसार एकमुष्ठ कार्यान्वयन हुनुपर्ने माग मध्ये २ वटालाई उधारो पारिएको भन्दै चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन् । कलेज व्यवस्थापनले भने २ महिनाभित्र माग पूरा गराउने भन्दाभन्दै बीचैमा फेरि आन्दोलन हुनु आपत्तिजनक रहेको बताएको छ । ‘हामीले ४.५ प्रतिशत तलब वृद्धि गरिसकेका छौं,’ कलेजका प्राचार्य बिएम नागपालले पोखरान्युजडटकम लाइ भने । विद्यार्थीहरुले प्रशासन र शिक्षकहरुको लडाइँका बीचमा आफूहरु परेको दुखेसो पोखेका छन् । बिद्यार्थीहरुले आफ्नो एक वर्ष नै गुम्ने गरी पढाइ अवरुद्ध भएको भन्दै मानसिक पीडा बेहोरिरहेको पनि गुनासो गरे । अभिभावक जगन गुरुङले जसको जे माग भए पनि विद्यार्थीको पढाइ रोकिन नहुने पोखरान्युजडटकम लाइ बताए । अर्का अभिभावक विश्वप्रकाश लामिछानेले चर्को शुल्क  तिरिरहँदा पनि पढाइ नहुनु दुखद भएको सुनाए ।

manipal-strike-3

मणिपाल मेडिकल कलेजको सातौं र नवौं समेस्टरका गरी ३ सय विद्यार्थीको पढाइ रोकिएको हो । भदौ ७ गतेदेखि शिक्षकहरुले आन्दोलन गरेका थिए । त्यसपछि ३ महिना उनीहरुको पढाइ भएन । अभिभावकको पहलमा मंसिर १ गते भएको छलफलपछि कलेज खुलेको थियो । करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने, समय सापेक्ष तलब वृद्धि गर्नुपर्ने र सट्टा बिदाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।

तष्विर डि.एन.बी.

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button