वैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ–स्थानीय विकास मन्त्री पाण्डे

पोखरा-

संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे (उत्तम) ले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने बताएका छन । प्रेस सेन्टर कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आगामी चैत्र महिना भित्रमास्थानीय तहको निर्वाचन हुने बताएका हुन । उनले भने “ निर्वाचनको लागि हाम्रो मन्त्रालय तयारी अबस्थामा छ तर राज्य पुनः संरचना आयोगले हामीलाई रिपोर्ट दिने वित्तिकै सरकारले निर्वाचनको मिति घोषणा गरेर अघि बढ्छ । ” यही चैत्र भित्रमा स्थानीय तहको निर्वाचन हुने पुर्व घोषित मितिमा अहिलेको अबस्थामा हुन नसक्ने बताउदै उनले वैशाखसम्म निर्वाचन हुने बताएका हुन ।

२०७४ माघ भित्र तीन वटा निर्वाचन हुनु पर्ने भएकोले त्यसको पहिलो निर्वाचन भने स्थानीय तहकै निर्वाचन हुनु पर्ने उनले बताए । नेपालकोे भुगोलको कारणले गर्दा पनि खास खास महिनामा मात्र निर्वाचन गर्न सकिने उनको भनाई थियो । बर्षादको मौसम भन्दा अघि निर्वाचन गर्नूू पर्ने बताउदै उनले भने “ निर्वाचनबाटै समग्र देशमा हाल देखिएको गतिरोध अन्त्य सहित, संक्रमणकाल अन्त्य र संविधान कान्वयन गर्न सहयोग पुग्ने छ ।” अहिलेको सरकारको मुख्य काम जारी संविधान कान्वयन र निर्वाचनमा केन्द्रीत भएको बताए । ४ विषय बस्तुलाई राखेर संविधान संसोधन दर्ता भएको बताएका मन्त्री पाण्डेले प्रमुख प्रतिपक्ष सहितका दलहरुले व्याबथापीका संसदमा अबरोध पारेर समस्या समाधान नहुने बताए । २ नम्बर प्रदेशमा रहेका ८ जिल्लाको राजनीतिक ढंगले छलफल हुन नसकेनन विवाद भएको बताउदै उनले तीनका जनतासंग कसरी जोड्ने भन्ने बिषयमा आफुहरुले छलफल गरेको बताए ।

उनले भने “ निर्वाचन पनि भन्ने र व्याबस्थीका संसद पनि रोकेर निर्वाचन सक्छ यस बिषयमा सवजै दलहरु अलिकति लचकता अपनाउनु पर्दछ । ” संसोधन प्रस्ताव राष्ट्रको लागि निकास भएको बताउदै उनले कुनै दलहरुले यो हुदै हुदैन भन्न नहुने प्रतिकृया दिए । यसै बर्ष देखि ठिक समयमा कार्यालयबाट काम सक्ने रणनितिमा जान निर्देशन दिएको बताउदै उनले विकास निमार्णका कामहरु पछाडि नगर्न आग्रह गरे । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमहरु पनि प्रभावकारी ढंगले खर्च गर्नुपर्ने बताउदै उनले ३ करोडको बजेट गोर्खामा एकै योजनामा खर्चिएको दाबी गरे । उनले भने “ बिद्युतको विकासको लागि, क्षेत्र नम्बर ३ का गोर्खामा लगानी गरेको हुँ, धेरै योजनाहरुमा बजेट छर्दा पारदर्शी र ठोस काम नहुने भएकोले नतिजा आउने गरी मैले यस्तो गरेको हुँ । ” बिद्युतको तार र पोल विस्तार एंव बिद्युत लाईन विस्तार गर्न प्राधिकरण, जिविससंग समन्वय समेत गरेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button