कास्कीमा नयाँ शक्ती र राजपाका ३५ बढी नेता-कार्यकर्ता माओवादीमा प्रवेश

पोखरा, २६ बैशाख-

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ती र राष्ट्रिय जनता पार्टीका ३५ भन्दा बढी नेता-कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रले मंगलबार पार्टी कार्यालय कास्कीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ती पार्टीका केन्द्रीय परिषद सदस्य तथा पूर्व कास्की संयोजक जितबहादुर तमु ‘मामा’ र राष्ट्रिय जनता पार्टीका कास्की अध्यक्ष फजुलुद्धिन मिया सहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा नयाँ शक्तीका केन्द्रीय परिषद सदस्य विकास श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिकाकी सचिवालय सदस्य सुमित्रा दुरा, घनश्याम तमु, चन्द्रबहादुर तमु, दीलिप तमु, तमु परिषदका केन्द्रीय सदस्य चन्द्र तमु, नयाँशक्ती मजदुर संगठन कास्कीका प्रमुख राजकुमार तमु, पोखरा लेखनाथ सचिवालय सदस्य राजकुमार तमु, महिला शक्ती वडा नम्बर १७ की अध्यक्ष निरुपमा गुरुङ, सन्तोष गुरुङ, सुदर्शन गुरुङ, ताराकुमारी गुरुङ, सुजन गुरुङ र पदमबहादुर नेपाली लगायत रहेका छन् ।

त्यस्तै, राष्ट्रिय जनता पार्टीका कास्की अध्यक्ष फजुलुद्धिन मिया, उपाध्यक्ष वामदेव वाग्ले, सचिव तीर्थराज देवकोटा, मुस्लिम मञ्चका केन्द्रीय सदस्य ईर्साद मिया, जिल्ला सदस्य शिव परियारसहित २३ जना माओवादी केन्द्रमा प्रवेश गरे ।कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सदस्य तथा प्रदेश नम्बर ४ का ईञ्चार्ज देवप्रसाद गुरुङले अविर र प्रदेश नम्बर ४ का संयोजक हरि अधिकारी ‘कुमार’ले खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र प्रदेश नम्बर ४ का ईञ्चार्ज देवप्रसाद गुरुङले माक्र्सबाद, लेनिनबाद र माओबादले मात्रै देशलाई अघि बढाउने भएकाले कम्युनिष्ट बिचारधारा बोक्नेहरु माओवादी केन्द्रमा गोलबद्ध हुनुको विकल्प नरहेको बताए । उनले माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने आस्वासन दिए । गुरुङले न्यायालय भित्र रहेका दलाली चिन्तन बोकेकाहरुलाई प्रयोग गरेर संविधान कार्यान्वयन र निर्वाचनमा अवरोध पु¥याउने षडयन्त्र भइरहेको बताए । यद्यपी ति षडयन्त्र र अवरोधलाई प्रधानमन्त्री प्रचण्ड र माओवादीले वार्ता र सहमतिको माध्यमबाट निस्तेज पारिरहेको बताए ।

पार्टी प्रवेश गरेका जितबहादुर तमु ‘मामा’ले नयाँशक्ती पार्टीमा रहँदा अन्तरविरोध नरहेपनि छहारीको अनुभुति गर्न नसकेकाले माओवादी केन्द्रमा फर्केको बताए । उनले प्रचण्ड र माओवादी पार्टीले मात्र नयाँ नेपाल र समृद्ध नेपाल बनाउनसक्ने महशुष गरेकाले पनि आफू माओवादीमा फर्केको स्पष्ट पारे ।

अर्का माओवादी केन्द्र प्रवेश गरेका फजुलुद्धिन मियाले आदिवासी र जनजातीलाई अन्य जातीले मान्छे नगन्ने, हेप्ने प्रवृत्ति रहेकोमा माओवादीकै कारण अहिले सम्मानजनक र समानता आएकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button