माओवादी केन्द्रको तर्फबाट पोखराको मेयरमा लामिछाने र उपमेयरमा ढकाल उमेदवार

पोखरा –

नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाएको छ ।

मंगलबार विहान केन्द्रले मेयरमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वप्रकाश लामिछानेलाई र उपमेयरमा केन्द्रीय कार्यालय सदस्य गोमा ढकाललाई उठाउने निर्णय गरेको हो । लामिछाने पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष समेत हुन् भने  ढकाल समाजसेवी, पर्यटन ब्यबसायी तथा महिला उद्यमीका रुपले चिनिन्छिन  ।

यसअघि कांग्रेसले महानगरपालिकाको मेयरमा  रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई तथा  एमालेले मानबहादुर जीसीलाई मेयरमा  र मन्जु गुरुङलाई उपमेयरमा उम्मेदवार घोषणा गरिसकेका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button