पोखरामा तिहारमा दुई करोडको फुलको कारोवार हुने

पोखरा –

यस बर्ष भारतबाट २० प्रतिशत मात्र सयपत्री फुल भित्रिने, गमला सहितका फुल तिहार आउनु दुई साता अघि नै विक्री भयो

पोखरा क्षेत्रमा यस बर्षको तिहार पर्वको अवसरमा भारतबाट करीब २० प्रतिशत मात्र सयपत्री फुल भित्रिने भएको छ । तिहार पर्वको अवसरमा नर्सरी व्यवसाय तथा केहि कृषकहरुले व्यवसायीक सयपत्री फुल खेति गरेको हुदा यस बर्ष पोखरा बाहिरबाट करीब २० प्रतिशत मात्र फुल भित्रिने भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष दयाकुमार द्ववाले बताए ।

फुलै फुलको पर्व समेत भनेर चिनिने गरेको तिहार पर्वमा पछिल्लो क्रममा उपभोक्ताहरुको पनि फुल प्रति आकर्षण बढ्दै गएको हुनाले यस बर्ष पोखरा सहित स्याङजा, तनहूँ, गोर्खा, लमजुङ लगायतको क्षेत्रमा उत्पादन भएको फुलले ८० प्रतिशत पोखरालाई नै धान्न सक्ने भएको अध्यक्ष द्धवाले दाबी गरे । उनले भने “तिहार पर्वको अवसरमा पोखरा क्षेत्रमा करीब दुई करोड मुल्य बराबरको फुलको कारोवार हुने गर्दछ । भारतबाट आयात हुने गरेको सयपत्री फुल यस बर्ष पनि भारी रुपमा कटौती हुने गरेको उनले जनाए । उनका अनुसार पोखरा क्षेत्रमा यस बर्ष करीब ५ लाख सयपत्रि फुलका विरुवा मात्र रोपिएको छ । प्रति वोटले सामान्यतया ३०÷४० गुथा फुल उत्पादन दिने गरेको द्धवाले जनाए ।

flowers-in-pokhara

पोखरा ड्यामसाईडका मनकामना नर्सरीका संचालक दिल बहादुर गुरुङले यस बर्ष पनि तिहार पर्वलाई लक्षित गरी ५५ हजार वटा सयपत्री फुलका वेर्ना विक्रि गरेका छन। तिहार आउन दुई साता अघि गमला सहितका फुलका विरुवाहरु विक्रि भएको उनले जनाए । गत बर्ष फुलबाट मात्र १६ लाखको कारोवार गरेको उनले यस बर्ष पनि उतिकै कारोवार गर्ने लक्ष्य राखेका छन । यस बर्ष होटल तथा रेष्टुरेण्ट व्यवसायी बढी फुल किन्न आएको उनले बताए । उनले भने “ पोखरामा फुलको धेरै माग छ, तर समयमै कामदार नपाएको कारणले गर्दा मैले चाहेर पनि अझ धेरै फुल उत्पादन गर्न सकिन । ” दुई बर्ष अघि भने उनले एक लाख वटासम्म फुलको विरुवाहरु विक्रि सहित लगाउने गरेको उनले जनाए ।

यस वर्ष नेपाली फुलको मालाको मूल्य एक सय देखि एक सय पचास रुपैयाँ पर्ने भएको व्यवसायीहरु बताउछन । फुलको एउटा थुंङ्गाको खुद्रा मूल्य ५ रुपैयाँ पर्ने वानियाले बताए । एउटा मालामा नेपाली फुल ३० देखी ३५ थुङ्गा उनिने भएकाले त्यसको मालाको मूल्य एक सय ५० सम्म पर्ने तर थुङ्गा कम भएको माला एक सय रुपैयाँसम्ममा पाइने उनको भनाई छ । भारतीय फुलको माला भने करीब ४० देखी ६० रुपैयाँ पर्ने द्वाले बताए । पोखरा आसपास क्षेत्रमा तिहार पर्वलाई लक्षित गरी केहि कृषकहरुले व्यवसायीक रुपमा फुलको खेति गर्न थालेका छन ।

वसन्त नर्सरीका संचालक तथा एशोसिएसनका संस्थापक अध्यक्ष बसन्त बानियाँले भने आधा जसो फुल भारतबाटै आउन बताए । उनले भने “ भारतीय फुल सस्तो र लक्ष्मी पुजाको दिनमा सजिसजावटमा बढी प्रयोग हुने गर्दछ । ” नेपाली फुल दाजुभाईलाई माला लगाउनको लागि बढी प्रयोग हुने गरेको उनले जनाए । यस बर्ष पर्यटकहरुको चहलपहल बढी भएकोले गर्दा पर्यटकीय क्षेत्रमा फुलको बढी प्रयोग हुन थालेको वानियाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button