पोखरामा विज्ञ सहितको टोलीद्धारा नियमित बजार अनुगमन गर्न माग

पोखरा न्युज ।
स्वास्थ्य, शिक्षा लगायतका धेरै क्षेत्रमा बिशेषज्ञ सहितको टोली लियर मात्र बजार अनुगमन गर्न पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले माग गरेका छन ।

शनिबार पोखरामा सम्पन्न भएको उपभोक्ता अधिकार ऐनको क्षेयित्र कार्यशाला गोष्ठीमा सहभागिहरुले विभिन्न क्षेत्रमा विशेषज्ञ सहितको टोली नहुदा बजारमा आम उपभोक्ताहरु ठगिने गरेकोले त्यसलाई न्यूनिकरण गर्न पनि विशेषज्ञ सहितको टोली बजार अनुगमनमा आवश्यक भएको उनीहरुले माग गरेका हुन ।

पैसा कमाउने नाममा कसैले मानव स्वास्थ्य माथि खेलवाड गर्नेलाई कडा कानुनि दायरामा ल्याउनु पर्ने वक्ताहरुको जोडछ।
गोष्ठीमा कानुन मन्त्री यज्ञ बहादुर थापाले उपभोक्ता मैत्रि कानुन बनाउन सुझाव दिदै बिषेशज्ञ सहितको टोलीले गोष्ठीमा उठेका राम्रा बिषयलाई उच्च स्थान दिने बताए । उनले कानुन निमार्ण जटल बिषय भएको बताए । फरक प्रशंगमा उनले भने “कानुनको अभावमा निर्वाचन रोकिदैन, तोकिएकै मितिमा निर्वाचन हुनेछ । ”

शुक्रबार देखि सुरु भएको उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले स्वास्थ्य क्षेत्रको अनुगमन गर्दा निकै कठिन भएकोले यसको प्राविधिक टिम आवश्यक हुने बताए । उच्च अदालत पोखराका मुख्य न्यायधिस कुमार चुडालले मानिसले जन्मेदेखि बिषादी युक्त खाद्य बस्तुहरु उपभोग गर्नुपरेको जनाए । जिल्ला न्यायधिष कास्कीका प्रमुख नगेन्द्रलाल कर्णले उपभोग्य बस्तुहरुको गुणस्तरियको लागि दैनिक जसो अनुगमन हुनुपर्ने माग गर्दै बस्तु र सेवाको अनिवार्य रुपमा मुल्य सुचि राख्नुपर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले अनुगमन सामान्य किराना पसलहरुमा मात्र प्राय हुने गरेको बताउदै दैनिक उपभोग्य बस्तु देखि सेवाहरुमा समेत चुस्त दुरुस्त ढंगले अनुगमन गर्न आग्रंह गरे । अझै पनि देशमा करिब ३० प्रतिशत आर्थिक कारोवार कानून बाहिरबाट हुने गरेको उनले दाबी गरे । युएनडिपीका टेक टमटाले संविधानमा उल्लेख भएका कुरा व्यवहारत लागु गर्नुपर्ने बताउदै राज्यलाई सहयोग गर्न पनि आफुहरुले उक्त कार्यक्रममा सहयोग गरेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालयका कार्यवहाक निर्देशक नितु बर्तौलाले उपभोक्ताहरुले सहि विल नपाउदा व्यवसायिहरुबाट ठगिने गरेको दाबी गरिन । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले उपभोक्ता संरक्षण सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेका बिधेयक प्रस्तावनाको बारेमा चर्चा गर्दै उपभोक्ताहरु ठग्ने उपर कारवाहीको लागि नेपालको कानुन कमजोर रहेको बताए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले अनुगमनको नाममा व्यवसायिलाई आतङकित पार्ने काम भएको बताए। सहज ढंगले अनुगमन गर्न आग्रह गर्दै पालिखेले सामान किन्दा विल विजक अनिवार्य रुपमा लिन अग्रह गरे । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले कार्यक्रमा कार्यपत्र प्रस्तुतः गर्दैै स्वास्थ्य र शिक्षा क्षेत्रमा आम उपभोक्ताहरु बढी गठिने गरेको दाबी गरे ।
व्यवसायि र उपभोक्ताहरु बिच विस्तारै विश्वास गुम्दै गएको, भ्रम पुर्ण विज्ञापन प्रशारण तथा प्रकाशन भएको, उपभोक्ताहरु सचेत नभएको लगायतको गुनासो सहभागिहरुले गरेका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रका न्यायाधीश, अधिवक्ता, पत्रकार, उपभोक्ता मञ्चका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button